एसिया कप पाकिस्तान र श्रीलंकामा हुने निश्चितप्रायः « Khabarhub

एसिया कप पाकिस्तान र श्रीलंकामा हुने निश्चितप्रायः


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुने निश्चितजस्तै भएको छ । यसअघि पाकिस्तानले आयोजना गर्ने एसिया कपमा भारतले सहभागी नहुने भनेपछि अन्यौल भएको थियो ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार एसियन क्रिकेट काउन्सिल एसीसीले एसिया कप पाकिस्तान र श्रीलंका गर्ने लगभग निश्चित जस्तै भइसकेको छ ।

प्रतियोगिताका १३ मध्ये करिब पाँच खेल पाकिस्तानमा र बाँकी खेलहरू श्रीलंकामा आयोजना हुने अपेक्षा गरिएको छ । श्रीलंकामा हुने खेलमा भारत सहभागी हुनेछ ।

१ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरेको जनाइएको छ ।

प्रतियोगितामा नेपालसहित ६ टोली सहभागी हुने तय भएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, पाकिस्तान र भारत रहेका छन् भने समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १२ : ४१ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका