चौथो ओएस नेपाल म्युजिक अवार्ड : २७५ कलाकारलाई प्रमाणपत्र प्रदान | Khabarhub Khabarhub

चौथो ओएस नेपाल म्युजिक अवार्ड : २७५ कलाकारलाई प्रमाणपत्र प्रदान


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८० का उत्कृष्ट पाँचमा पर्न सफल २७५ जना कलाकार तथा श्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । ‘नेपाली गीत संगीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारासहित शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनीहरूलाई प्रमाण प्रदान गरिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी तथा काठमाडौँ प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीको हातबाट उत्कृष्ट पाँचमा पर्न सफल कलाकार तथा स्रष्टाहरुलाई प्रमाणपत्र वितरण गरिएको आयोजक विवेक कार्कीले जानकारी दिए । 

मन्त्री मोदीले कलाकारहरू देशको गहना भएको र कलाकारिताको निरन्तर साधना गरेमा सफलता धेरै टाढा नभएको बताए । उनले उत्कृष्ट पाँमा पर्न सफल कलाकर्मीहरुलाई जितको शुभकामना समेत दिए । आफू २९ वर्षकै उमेरमा जनप्रतिनिधिका रुपमा चयन हुँदा युवा जोस जाँगर र उर्जा भरिएको र अहिले युवाहरूमा कलाकारिताप्रतिको उत्साह देख्दा खुसी लागेको बताए। 

कार्यक्रममा वरिष्ठ गायक तथा हाल जिल्ला समन्वय समिति ललितपुरमा जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरत दिनेश थानी, साहित्यकार सुरेन्द्र मर्हजन अमर, उपन्यासकार संघका अध्यक्ष शंकर भारती, आइटी इञ्जिनियर विवेक श्रेष्ठ, चलचित्रका निर्देशक अमृतमान मर्हजन, लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १२ : ३० बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले