चौथो ओएस नेपाल म्युजिक अवार्ड : २७५ कलाकारलाई प्रमाणपत्र प्रदान « Khabarhub

चौथो ओएस नेपाल म्युजिक अवार्ड : २७५ कलाकारलाई प्रमाणपत्र प्रदान


२८ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८० का उत्कृष्ट पाँचमा पर्न सफल २७५ जना कलाकार तथा श्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । ‘नेपाली गीत संगीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारासहित शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनीहरूलाई प्रमाण प्रदान गरिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी तथा काठमाडौँ प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीको हातबाट उत्कृष्ट पाँचमा पर्न सफल कलाकार तथा स्रष्टाहरुलाई प्रमाणपत्र वितरण गरिएको आयोजक विवेक कार्कीले जानकारी दिए । 

मन्त्री मोदीले कलाकारहरू देशको गहना भएको र कलाकारिताको निरन्तर साधना गरेमा सफलता धेरै टाढा नभएको बताए । उनले उत्कृष्ट पाँमा पर्न सफल कलाकर्मीहरुलाई जितको शुभकामना समेत दिए । आफू २९ वर्षकै उमेरमा जनप्रतिनिधिका रुपमा चयन हुँदा युवा जोस जाँगर र उर्जा भरिएको र अहिले युवाहरूमा कलाकारिताप्रतिको उत्साह देख्दा खुसी लागेको बताए। 

कार्यक्रममा वरिष्ठ गायक तथा हाल जिल्ला समन्वय समिति ललितपुरमा जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरत दिनेश थानी, साहित्यकार सुरेन्द्र मर्हजन अमर, उपन्यासकार संघका अध्यक्ष शंकर भारती, आइटी इञ्जिनियर विवेक श्रेष्ठ, चलचित्रका निर्देशक अमृतमान मर्हजन, लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  १२ : ३० बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले