सांसदलाई जनताको अपेक्षा पूरा गर्न कठिन भयो : सांसद गिरी « Khabarhub

सांसदलाई जनताको अपेक्षा पूरा गर्न कठिन भयो : सांसद गिरी


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदहरूलाई जनताको अपेक्षा पूरा गर्न कठिन भएको गुनासो गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद गिरीले सांसदहरूलाई जनताले विभिन्न गुनासो गर्ने गरेको भन्दै जनताको गुनासो र अपेक्षा पूरा गर्न कठिन भएको बताएका हुन् ।

उनले सांसदहरूको हैसियतलाई वडाध्यक्षको स्तरमा पुर्‍याउने काठमाडौंका मेयर बालेन्द्र शाहको अभिव्यक्ति व्यवहारिक रुपमा सही रहेको जिकिर गरे ।

उनले बजेटमा आयोजनाको वितरणमा जनताको गुनासो देखिएको र पहुँचका भरमा आफ्नो क्षेत्रमा धेरै बजेट लाने प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । गिरीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत मात्रै सबै क्षेत्रमा समानुपातिक ढंगले बजेट गएको धारणा राखे ।

उनले सरकारले हरेक वर्ष अपरान्ह चार बजे मात्रै बजेट भाषण गर्ने प्रचलनलाई परिवर्तन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १ : ०८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी