बीस आयोजनाका लागि एक्काईस करोड विनियोजन « Khabarhub

बीस आयोजनाका लागि एक्काईस करोड विनियोजन


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा २० वटा आयोजना सञ्चालन गर्न संघीय सरकारले २१ करोड ८० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०-२०८१ का लागि समपूरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन  हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्लाका विभिन्न पालिकामा  २० वटा आयोजना परेका थिए । समपूरक अनुदानमार्फत अर्जुनधारा नगरपालिकामा खानेपानीका लागि ७५ लाख बजेट विनियोजन भएको छ । शनिश्चरे खानेपानी तथा लटरे खानेपानी आयोजना स्तरोन्नति तथा विस्तारका लागि उक्त बजेट विनियोजन भएको हो । योसँगै उक्त नगरपालिकामा विपद् व्यवस्थापनका लागि ७० लाख विनियोजन गरिएको छ । विनियोजित रकमले ठूलो नेते खोलामा तटबन्धन गर्ने नगरप्रमुख वलदेवसिंह गोम्देनले बताए । 

यता बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माध्यमिक विद्यालयको भवन निर्माणका लागि ५० लाख बजेट विनियोजन भएको छ । सोही गाउँपालिका–७ स्थित डाँगीबारीमा रहेको उक्त विद्यालयको भवन निर्माणका लागि सो रकम उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष देवीन्द्रप्रसाद चम्लागाईंले बताए। सो विद्यालय गाउँपालिकाको नमुना विद्यालयका रुपमा रहेको छ । 

भद्रपुर नगरपालिकामा समावेशीकरण तथा मूलप्रवाहीकरणका लागि दुई करोड बजेट विनियोजन भएको छ । तीनवर्षे आयोजनाका रुपमा नगरमा रहेका सन्थाल समुदायका लागि आवास कार्यक्रमअन्तर्गत सो रकम विनियोजित भएको हो । यता बिर्तामोड नगरपालिकामा खाद्य सुरक्षा कार्यक्रमका लागि दुई करोड बजेट विनियोजन भएको छ । 

बुद्धशान्ति गाउँपालिकामा फोहरमैला व्यवस्थापनका लागि रु ९० लाख  बजेट विनियोजन भएको छ । तीनवर्षे उक्त आयोजनामा फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइड विथइन सिनिरेशनको काम गरिने  जनाइएको छ । सोही गाउँपालिको विजयपुरस्थित आदर्श मा.वि.को भवन निर्माणका लागि ७० लाख विनियोजन भएको छ । 

दमक नगरपालिकामा विद्यालयको पूर्वाधार निर्माणका लागि रु दुई करोड  विनियोजन भएको छ भने गौरादह नगरपालिकामा खानेपानीका लागि रु एक करोड ५० लाख विनियोजन भएको छ । गौरादाहनगरपालिका–५ को चान्दु खोला ८ नम्बरको बाँध (चान्दु)  खानेपानी तथा सरसफाइ आयोजनाका लागि सो रकम छुट्याइएको हो । 

गौरीगञ्ज गाउँपालिकामा खानेपानी आयोजनाका लागि लागि ५० लाख  विनियोजन भएको छ । खजुरगाछी खानेपानी आपूर्ति आयोजनाका लागि सो बजेट विनियोजन भएको हो । यसैगरी फोहोरमैला व्यवस्थापनका लागि गौरीगञ्ज गाउँपालिकालाई ७० लाख विनियोजन भएको छ । विनियोजित रकम ल्याण्डपिल्ड साइड निर्माण तथा व्यवस्थापनका लागि उपलब्ध गराइएको हो । 

हल्दीबारी गाउँपालिकामा खानेपानी आयोजना सञ्चालनका लागि एक करोड १५ लाख  बजेट विनियोजन भएको छ । विनियोजित बजेटले हल्दीबारी गाउँपालिकाका विभिन्न स्थानमा खानेपानीको पाइप बिस्तार गरिने गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए।

झापा गाउँपालिकामा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलितलगायत विपन्न वर्गका लागि आवास निर्माण गर्न एक करोड १५ लाख  बजेट विनियोजन भएको छ । विनियोजित बजेटले उक्त गाउँपालिकाको वडा नं ३, ४ र ५ मा आवास निर्माण गरिने गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए। विपन्न आवास कार्यक्रमका लागि सो रकम प्राप्त हुने अध्यक्ष साहको भनाइ थियो । 

कचनकवल गाउँपालिकामा खानेपानीका लागि एक करोड १५ लाख विनियोजन भएको छ । गाउँपालिकाको वडा नं ३, ६ र ७ मा खानेपानीको पाइपलाइन बिस्तारका लागि सो रकम विनियोजन भएको हो । 

कमल गाउँ पालिकामा महेन्द्ररत्न मा वि को  भवन निर्माणका लागि रु एक करोड  बजेट विनियोजन भएको छ । कमल गाउँपालिकामा रहेको लगनपुर स्वास्थ्यचौकीको भवन निर्माणका लागि ८० लाख  विनियोजन भएको छ । कनकाई नगरपालिकाभित्र फोहोरमैला व्यवस्थापनका लागि रु दुई करोड विनियोजन भएको छ । यसबाट जामुनबारी  चोकबाट वनपथ हुँदै बायोग्यास प्लान्टसम्म जाने पूर्वाधार निर्माण गरिने नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । 

मेची नगरपालिकामा विपद् व्यवस्थापनका लागि रु एक करोड विनियोजन भएको छ । निन्दा रिभर बैंक इन्बैंकमेन्ट निर्माणका लागि सो रकम विनियोजन भएको हो । त्यस्तै आदर्श माविको विद्यालय भवन निर्माणका लागि रु एक करोड १५ लाख  विनियोजन भएको छ ।

शिवसताक्षी नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागि एक करोड १५ लाख विनियोजन भएको छ

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १ : २५ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय