युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : गृहमन्त्री  « Khabarhub

युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : गृहमन्त्री 


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको आगामी वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेटमा युवा स्वरोजगार एवं उद्यमशीलताको कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले सेन्ट जेभियर कलेजको सहकार्यमा आयोजना गरेको नमुना संयुक्त राष्ट्रसङ्घ, २०२३ कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल कृषि, जलस्रोत, ऊर्जा, जडीबुटी, पर्यटनलगायतमा सम्भावनाको देश भएकाले यीमार्फत स्वरोजगार र उद्यमशीलतामा जोड दिइने उल्लेख गरे । वर्तमानको आधारस्तम्भका रुपमा रहेका युवा ६० लाखभन्दा बढीको सङ्ख्यामा रोजगारीका लागि विदेशिएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न लागिएको उनको भनाइ छ । हरेक क्षेत्रमा युवा परिचालन गरेर काम गर्न सकिने उपप्रधानमन्त्री श्रेष्ठले बताएका छन् ।

‘हरेक क्षेत्रमा सम्भावना भएर पनि नेपाललाई विकसित किन बनाउन सकिएन भनी युवाले सोच्नु पर्नेछ, समस्या राजनीतिमा छ, राजनीतिलाई सफा गर्ने काम हाम्रो हो, युवाले राजनीतिबाट भागेर समस्या समाधान हुँदैन, समस्या समाधानका लागि युवा राजनीतिमा लाग्नुपर्छ, युवाले देशमै बस्ने संकल्प गर्नुपर्छ, राजनीतिमा सहभागिता जनाउनुपर्छ, राजनीतिक नेतृत्वले समृद्धिका लागि काम गर्नमा कमजोरी गरेको छ, यसमा युवाको सक्रियता आवश्यक छ’, उनले भने ।

‘पढ्दै कमाउँदै र कमाउँदै पढ्दै’ कार्यक्रम पनि सरकारले युवालाई नै लक्षित गरेर आगामी वर्षमा सञ्चालन गर्न लागेको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए । नेपालका मौलिक संस्कृतिलाई रक्षा गर्दै यसमा विज्ञान र प्रविधिलाई पनि जोडेर युवा वर्ग अघि बढ्नुपर्नेमा उनले जोड दिए। जीवनको मूल्य स्थापित गर्ने गरी अध्ययन अघि बढाउन, शारीरिक श्रमलाई निरन्तरता दिन र नियमितरूपमा ध्यान गर्न उपप्रधानमन्त्री श्रेष्ठले युवा वर्गलाई आह्वान गरे । 

कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङर हाम्डे, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङलगायतले युवा वर्गलाई रचनात्मक काममा लगाउन यस्ता कार्यक्रमले सहयोग गर्ने उल्लेख गरे ।

विसं २०७८ को जनगणनाअनुसार नेपालमा ४२ दशमलव ५६ प्रतिशत १६ देखि ४० वर्ष उमेरको जनसङ्ख्या रहेको छ । यो समूहबाट छनोट गरी ल्याइएका युवाले चार दिनसम्म दिगो विकास लक्ष्यलगायत समसामयिक विषयमा संवाद, छलफल र साक्षात्कार कार्यक्रम गरिने बताइएको छ ।  

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  २ : ०८ बजे

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको