नागरिकतालगायत संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्छ : सांसद अधिकारी « Khabarhub

नागरिकतालगायत संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्छ : सांसद अधिकारी


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसद प्रकाश अधिकारीले नागरिकतालगायत अति संवेदनशील विषयमा सरकार गम्भीर भएर समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, “बजेटमा आफ्नो अर्थतन्त्र विकास गर्नका लागि त्यस्तो कुनै प्रावधान छैन, कृषि उत्पादनको ठोस् व्यवस्था छैन, किसानलाई प्रोत्साहन गर्ने ठोस प्रस्ताव छैन ।”

सांसद अधिकारीले आफ्नै स्रोत/साधनको उपयोग नगरुञ्जेल मुलुकमा विकासले गति लिन नसक्ने उल्लेख गरे । सधैँ ऋण र अनुदानमा मुलुक चलाउन नहुने धारणा राख्दै उनले लोकतन्त्रलाई बलियो बनाउने कार्यक्रममा जोड दिनुपर्ने बताए । “सन्तुलन र समानुपातिक विकासका लागि मधेस, कर्णाली, सुदूरपश्चिम र पिछडिएको समुदायका लागि बजेट बढाउनुपर्छ”, सांसद अधिकारीले भने ।

सांसद प्रभु साहले अर्थतन्त्रको मुख्य चुनौती आर्थिक अभाव भएको उल्लेख गर्दै किसानलाई समस्या हुने गरी करको दायरा बढाउन नहुनेमा जोड दिए । उनले भने, “कूल बजेटको ८० प्रतिशत केन्द्रमै केन्द्रित गरेपछि सङ्घीयताको विकास कसरी हुन्छ ? मुलुकको आवश्यकताभन्दा पनि नेताहरुको वरिपरि बजेट केन्द्रित भएको छ ।” सांसद अञ्जनी श्रेष्ठले बजेटको समर्थन गर्दै अर्थतन्त्रलाई गतिशील गर्ने गरी र पिछडिएको समुदायलाई प्राथमिकता दिएर बजेट ल्याइएको टिप्पणी गरे ।

किसानका समस्या समाधन गर्नेतर्फ बजेटले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । सांसद श्रेष्ठले भने, “नेपाल प्राकृतिक रुपमा धनी छ, त्यसको उपयोग गर्ने गरी बजेट ल्याइएको छ, दलित, महिला, ज्येष्ठ नागरिक, शिक्षा, स्वास्थ्य र रोजगारीलाई बढी प्राथमिकता दिएको छ, जुन सकारात्मक छ ।”

सार्वजनिक यातायातलाई वातावरणमैत्री बनाउने गरी बजेटमा समावेश गर्नुपर्ने र कारागार बनाउँदा ज्येष्ठ नागरिक, बालबालिका र महिलामैत्री बनाउनुपर्ने सांसद श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  २ : २९ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस