विश्वविद्यालयको शिक्षा अनुसन्धानमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री « Khabarhub

विश्वविद्यालयको शिक्षा अनुसन्धानमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् । 

आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताएका हुन् । 

‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ। खासगरी विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ। स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने हुन्छ। अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन र स्रोतको सही सदुपयोग हुँदैन। नेपाल सरकारले पनि विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सबल बनाउन सरकारका अनुसन्धान सम्बन्धी कार्यहरू विश्वविद्यालयहरूबाट गराउने निर्णय गरिसकेको हुनाले प्राध्यापकहरूमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने आशा लिएको छु,’ प्रधानमन्त्रीले भने । 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ३ : १८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी