अवकासप्राप्त एक दर्जन जर्नेलहरू राप्रपाको कार्यक्रममा « Khabarhub

अवकासप्राप्त एक दर्जन जर्नेलहरू राप्रपाको कार्यक्रममा


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाको भ्रातृ संगठनको रुपमा रहेको राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको महाधिवेशनको उद्घाटन समारोहमा नेपाली सेनाका अवकासप्राप्त एक दर्जनभन्दा बढी जर्नेलहरू सहभागी भएका छन् । 

संगठनको महाधिवेशनमा शुभेच्छा प्रकट गर्न अवकाश प्राप्त मेजर जनरलहरु गजेन्द्र लिम्बू, समीर शाही, शशी बहादुर सिंह, कुबेर थापा, अप्रा उपरथीहरू नरबहादुर कँडेल, सुवर्ण बहादुर शाह, निरज पौडेल, भरत खड्का, अप्रा सहायक रथीहरु प्रेमसिंह बस्न्यात, बाबुकृष्ण कार्की, प्रदीप अधिकारी लगायत अवकासप्राप्त एक दर्जन बढी जर्नेलहरु, तीन दर्जन बढी महासेनानी, सेनानीहरू पुगेका थिए । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लामो समय नेपाली सेनामा रहि योगदान दिएका अवकासप्राप्त सैनिक अधिकारीलाई देश बचाउने र देश बनाउने राप्रपाको अभियानमा जोडिन आग्रह गरे । 

‘विचार, भावना र दृष्टिकोणमा एकरूपता भएकाहरू सहकार्य गर्दै सबल राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्ने बेला आएको छ, देश बाहिरी आँखाले देखेजस्तो मात्रै छैन, एकजुट भएर अघि बढौँ, हामीसँग समय धेरै छैन,’ अध्यक्ष लिङ्देनले भने ।

अवकासप्राप्त सैनिक अधिकारीहरू कुनै  राजनीतिक दलको कार्यक्रममा एकैसाथ सहभागी भएको सम्भवतः पहिलोपटक भएको राप्रपाको दाबी छ ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ३ : ५० बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी