अवकासप्राप्त एक दर्जन जर्नेलहरू राप्रपाको कार्यक्रममा « Khabarhub

अवकासप्राप्त एक दर्जन जर्नेलहरू राप्रपाको कार्यक्रममा


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाको भ्रातृ संगठनको रुपमा रहेको राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको महाधिवेशनको उद्घाटन समारोहमा नेपाली सेनाका अवकासप्राप्त एक दर्जनभन्दा बढी जर्नेलहरू सहभागी भएका छन् । 

संगठनको महाधिवेशनमा शुभेच्छा प्रकट गर्न अवकाश प्राप्त मेजर जनरलहरु गजेन्द्र लिम्बू, समीर शाही, शशी बहादुर सिंह, कुबेर थापा, अप्रा उपरथीहरू नरबहादुर कँडेल, सुवर्ण बहादुर शाह, निरज पौडेल, भरत खड्का, अप्रा सहायक रथीहरु प्रेमसिंह बस्न्यात, बाबुकृष्ण कार्की, प्रदीप अधिकारी लगायत अवकासप्राप्त एक दर्जन बढी जर्नेलहरु, तीन दर्जन बढी महासेनानी, सेनानीहरू पुगेका थिए । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लामो समय नेपाली सेनामा रहि योगदान दिएका अवकासप्राप्त सैनिक अधिकारीलाई देश बचाउने र देश बनाउने राप्रपाको अभियानमा जोडिन आग्रह गरे । 

‘विचार, भावना र दृष्टिकोणमा एकरूपता भएकाहरू सहकार्य गर्दै सबल राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्ने बेला आएको छ, देश बाहिरी आँखाले देखेजस्तो मात्रै छैन, एकजुट भएर अघि बढौँ, हामीसँग समय धेरै छैन,’ अध्यक्ष लिङ्देनले भने ।

अवकासप्राप्त सैनिक अधिकारीहरू कुनै  राजनीतिक दलको कार्यक्रममा एकैसाथ सहभागी भएको सम्भवतः पहिलोपटक भएको राप्रपाको दाबी छ ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ३ : ५० बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस