आर्थिक संकट समाधान गर्ने गरी बजेट आएको सांसद यादवको भनाइ « Khabarhub

आर्थिक संकट समाधान गर्ने गरी बजेट आएको सांसद यादवको भनाइ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद दिनेशकुमार यादवले देशको वर्तमान संकनलाई समाधान गर्ने गरी सरकारले बजेट ल्याएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘देश अहिले संकटमा छ, त्यो संकटलाई पनि समाधान गर्ने गरी हरेक क्षेत्रलाई समान ढङ्गबाट समावेश गरेर प्रस्तुत भएको बजेटप्रति मेरो समर्थन छ ।’

सांसद यादवले देशको आर्थिक अवस्थालाई सुदृढ गर्न गर्ने थलो मधेसलाई बजेटले छुन नसकेको पनि उनले टिप्पणी गरे । किसानको लागि सिँचाइको व्यवस्था बजेटमै व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । 

सांसद रुपा विकले आव २०८०-८१ को बजेट वक्तव्यले मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने विश्वास व्यक्त गरिन्। ‘निराश भएका जनता र व्यवसायीलाई उत्साह दिने खालको बजेट आएको छ । यद्यपि बजेटमा केही परिमार्जन गर्नुपर्ने विषय पनि छन्’ उनले भनिन्।

बजेटले पुँजीगत खर्चलाई प्रभावकारी बनाउन केही नयाँ सोच र दृष्टिकोणसहित ‘वर्किङ मोडालिटि’मा अगाडि सारेको बताउँदै सांसद विकले जसलाई सकारात्मक संकेतको रुपमा लिनुपर्ने बताए । बजेट कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने उनको भनाइ थियो । 

सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्। उनले भनिन्, ‘कर्णालीमा विशेषगरी जुम्लामा शैक्षिक जनशक्ति बढेको छ, राज्यका हरेक गतिविधिलाई तर्कपूर्ण विश्लेषण गर्नसक्ने भएको छ, अब संवैधानिक नियुक्त र राजनीतिक नियुक्तिमा समेत कर्णालीले अर्थपूर्ण सहभागिता हुनुपर्छ ।’ 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ४ : १३ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस