आर्थिक संकट समाधान गर्ने गरी बजेट आएको सांसद यादवको भनाइ | Khabarhub Khabarhub

आर्थिक संकट समाधान गर्ने गरी बजेट आएको सांसद यादवको भनाइ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद दिनेशकुमार यादवले देशको वर्तमान संकनलाई समाधान गर्ने गरी सरकारले बजेट ल्याएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘देश अहिले संकटमा छ, त्यो संकटलाई पनि समाधान गर्ने गरी हरेक क्षेत्रलाई समान ढङ्गबाट समावेश गरेर प्रस्तुत भएको बजेटप्रति मेरो समर्थन छ ।’

सांसद यादवले देशको आर्थिक अवस्थालाई सुदृढ गर्न गर्ने थलो मधेसलाई बजेटले छुन नसकेको पनि उनले टिप्पणी गरे । किसानको लागि सिँचाइको व्यवस्था बजेटमै व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । 

सांसद रुपा विकले आव २०८०-८१ को बजेट वक्तव्यले मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने विश्वास व्यक्त गरिन्। ‘निराश भएका जनता र व्यवसायीलाई उत्साह दिने खालको बजेट आएको छ । यद्यपि बजेटमा केही परिमार्जन गर्नुपर्ने विषय पनि छन्’ उनले भनिन्।

बजेटले पुँजीगत खर्चलाई प्रभावकारी बनाउन केही नयाँ सोच र दृष्टिकोणसहित ‘वर्किङ मोडालिटि’मा अगाडि सारेको बताउँदै सांसद विकले जसलाई सकारात्मक संकेतको रुपमा लिनुपर्ने बताए । बजेट कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने उनको भनाइ थियो । 

सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्। उनले भनिन्, ‘कर्णालीमा विशेषगरी जुम्लामा शैक्षिक जनशक्ति बढेको छ, राज्यका हरेक गतिविधिलाई तर्कपूर्ण विश्लेषण गर्नसक्ने भएको छ, अब संवैधानिक नियुक्त र राजनीतिक नियुक्तिमा समेत कर्णालीले अर्थपूर्ण सहभागिता हुनुपर्छ ।’ 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ४ : १३ बजे

एमालेलाई बलियो बनाउन ‘जरा केन्द्रित’ अभियान : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

कोहलीको शतकमा भारत विजयी, पाकिस्तानको लगातार दोस्रो हार

काठमाडौं – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भएको बहुप्रतिक्षित खेलमा

पाटेबाघको उद्धार

बाँके – बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघको उद्धार

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

काठमाडौं – गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई

भारत इजरायलको महत्वपूर्ण व्यापारिक साझेदार : इजरायली अर्थमन्त्री बारकात

काठमाडौं – इजरायलका उद्योग तथा अर्थमन्त्री निर बारकातले भारत आफ्नो