जनताको भेट राज्यसँग तिरो तिर्ने बेलामा मात्रै हुन्छ : सांसद पौडेल « Khabarhub

जनताको भेट राज्यसँग तिरो तिर्ने बेलामा मात्रै हुन्छ : सांसद पौडेल


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा प्रकाशशरण महतलाई संसद्मा उठेका विषयलाई कसरी बजेटमा समावेश गर्नुहुन्छ ? भन्दै प्रश्न गरेका छन्। मुलुकको अर्थतन्त्रमा देखिएको समस्या लामो बेतिथिको शृङ्खलाको विकसित रूप भएको उनको टिप्पणी छ । 

उनले भने, ‘एउटा किसान बाँदर आतङ्कदेखि जलवायु परिवर्तनसम्मका अनगिन्ती समस्यासँग जुधिरहेको हुन्छ, तर उसको राज्यसँगको भेट केवल तिरो तिर्ने बेलामा मात्रै हुन्छ, यस्तो अवस्था सधैँ रहिरहने हो भने सरकारले अघि सारेका कार्यक्रम कसरी पूरा हुन्छन ?’

सरकारले प्रस्तुत गरेको आगामी आवको बजेटले श्रम र शिक्षालाई व्यावहारिक रुपमा जोड्न नसक्ने उनको दाबी छ । सांसद पौडेलले बजेटमा नागरिक पेन्सनको व्यवस्था गर्ने सकारात्मक विषय भए पनि त्यसलाई पूर्णरुपमा व्याख्या गर्नुपर्नेमा जोड दिए । 

सांसद पदम गिरीले सरकार स्वास्थ्य क्षेत्रप्रति उदासिन देखिएको टिप्पणी गरे । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘शिक्षा र स्वास्थ्य जस्तो विषय आम जनताको पहुँचमा हुनुपर्थ्यो, तर स्वास्थ्यमा २० प्रतिशत रकम घटाइएको, जसले गर्दा आधारभूत अस्पताल बन्ने छैनन्, स्वास्थ्य क्षेत्रमा अब दुरावस्था देखिँदैछ ।’ 

करिब ११ हजार हुलाकका कर्मचारीले वर्षौँदेखि सेवा गर्दै आए पनि आज जागिरबाट निस्कनुपर्ने अवस्था सिर्जना भएको भन्दै जनताको रोजीरोटी सरकारले खोस्न नहुने उनको भनाइ थियो । सांसद गिरीले विद्यालयका शिक्षकका लागि दरबन्दी सिर्जना गरेर पारिश्रमिक दिनेगरी सरकारले व्यवस्था गर्नुमा जोड दिइन् । 

सांसद गंगा कार्कीले मुलुकको वर्तमान अवस्थालाई सम्बोधन गर्ने गरी बजेट आएको बताउँदै बजेटको सिद्धान्त, प्राथमिकता र नीति ठीक भएको टिप्पणी गरिन्। उनले भनिन्, ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारमूलक क्षेत्रलाई बजेटले जोड दिएको छ, बजेटले अवस्थामा टेकेर अहिलेको आवश्यकता पूरा गर्ने भनेको छ, तर कार्यक्रममा चुकेको पाइन्छ ।’ दोलखा जिल्लाले अहिले झण्डै ए हजार मेगावाटको बिजुली राज्यलाई आपूर्ति गरिरहेको भए पनि सरकारले दोलखाका लागि बजेटको व्यवस्था नरेको भन्दै गुनासो गरिन्। 

दोलखा जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने उनको भनाइ थियो । सांसद गीता बस्नेतले सरकारले शक्ति र पहुँचको भरमा बजेट छुट्याउने काम गरको भन्दै बजेटले तल्लो तहका जनतालाई समावेश गर्न नसकेको टिप्पणी गरिन्। उनले भनिन्, ‘बर्दिया २०७१ सालमा बाढीपीडितमा परेको जिल्ला हो, आज १० वर्ष बित्दासमेत जनताले राहत पाउन सकेको छैन, यस पटकको बजेटमा पनि समावेश गरिएको छैन, त्यहाँका जनता दुःखी भएका छन्, बर्दिया जिल्लालाई हेर्ने सरकारको किन फरक छ ?’

सांसद तारा लामा तामाङले भनिन्, ‘यो बजेटले अहिले खस्किँदै गएको अर्थतन्त्रलाई उकास्न के गर्न सकिन्छ भनेर ल्याउँनुपर्नेमा ध्यान गएको छैन, यो बजेट किसानमुखी श्रमजीविमुखी समाजवाद उन्मुख छैन’ । 

सांसद सन्तोष चालिसेले किसानको मलको समस्या समाधान गर्ने विषयलाई बजेटमा समावेश गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ५ : १५ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय