साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स जाने नेपाली टोलीको बिदाइ « Khabarhub

साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स जाने नेपाली टोलीको बिदाइ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाई गरिएको छ ।

आइतबार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) का एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्बाङ लगायत पदाधिकारीहरूले राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाइ गरेका हुन् ।

साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली टोली फिलिपिन्स जान लागेका हुन् । नेपालले बिहीबार फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । विलाई कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका किरण चेम्जोङले साफ च्याम्पियनसिपमा सबै टोली कडा प्रतिस्पर्धी रहेपनि नेपाली टोलीको तयारी राम्रो भएको बताए । उनले चुनौति भएपनि उत्कृष्ट नतिजा निकाल्ने विश्वास रहेको बताए । त्यस्तै उनले राज्यले खेलाडीहरूलाई उचित व्यवस्था गर्न नसक्दा राम्रा खेलाडीहरू विदेशिन बाध्य भएको धारणा राखे ।

त्यस्तै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले प्रशिक्षकका क्रममा खेलाडीहरूले राम्रो गरेकाले नतिजा पनि राम्रै आउने बताए । भारतमा आयोजना हुने १४ औं संस्करणको साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुनेछ । बेंगलुरुमा हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३  सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । साफमा नेपाल समूह ’ए’ मा रहेको छ । 

नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ५ : ५४ बजे

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका