साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स जाने नेपाली टोलीको बिदाइ « Khabarhub

साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स जाने नेपाली टोलीको बिदाइ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाई गरिएको छ ।

आइतबार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) का एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्बाङ लगायत पदाधिकारीहरूले राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाइ गरेका हुन् ।

साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली टोली फिलिपिन्स जान लागेका हुन् । नेपालले बिहीबार फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । विलाई कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका किरण चेम्जोङले साफ च्याम्पियनसिपमा सबै टोली कडा प्रतिस्पर्धी रहेपनि नेपाली टोलीको तयारी राम्रो भएको बताए । उनले चुनौति भएपनि उत्कृष्ट नतिजा निकाल्ने विश्वास रहेको बताए । त्यस्तै उनले राज्यले खेलाडीहरूलाई उचित व्यवस्था गर्न नसक्दा राम्रा खेलाडीहरू विदेशिन बाध्य भएको धारणा राखे ।

त्यस्तै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले प्रशिक्षकका क्रममा खेलाडीहरूले राम्रो गरेकाले नतिजा पनि राम्रै आउने बताए । भारतमा आयोजना हुने १४ औं संस्करणको साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुनेछ । बेंगलुरुमा हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३  सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । साफमा नेपाल समूह ’ए’ मा रहेको छ । 

नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ५ : ५४ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र