निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन कार्यक्रम सुरु « Khabarhub

निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन कार्यक्रम सुरु


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा निजामती कर्मचारीका प्रतिभा  प्रस्फुटनका लागि प्रतिभा डबली कार्यक्रम सुरु भएको छ ।

जेठ ३२ गतेसम्म कार्यक्रम सञ्चालन गरिनेछ । निजामती कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न गत साल झै यस वर्ष पनि सरकारी प्रणालीको क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा कार्यक्रम सुरु भएको हो । यसका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न यो कार्यक्रम सञ्चालन गरिएको स्टुडियोका कार्यकारी निर्देशक छिरिङ लामाले जानकारी दिए ।

कार्यक्रममा विभिन्न कार्य क्षेत्रका सहभागीको विचारलाई परिष्कृत गरिनेछ । कार्यक्रमले सहयोग, सिकाइ र वृद्धिको लागि अनुकूल वातावरण प्रदान गर्ने जनाइएको छ । सहभागीले नयाँ दृष्टिकोण अन्वेषण गर्न, बहुमूल्य अन्तरदृष्टि प्राप्त गर्न र निजामती कर्मचारीले सामना गर्ने चुनौतीको लागि नवीन समाधान विकास गर्न सक्ने विश्वास गरिएको उनले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ६ : ०९ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय