गेटामा विश्वविद्यालय बनाउने निर्णय नगरेर सरकारले सुदूरपश्चिमेलीलाई धोका दियो : सांसद तामाङ « Khabarhub

गेटामा विश्वविद्यालय बनाउने निर्णय नगरेर सरकारले सुदूरपश्चिमेलीलाई धोका दियो : सांसद तामाङ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद तारा लामा तामाङले सरकारले ल्याएको बजेट दिशाहीन भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै एमाले सांसद तामाङले सरकारले ल्याएको बजेटले खस्किँदै गएको अर्थतन्त्रलाई उकास्न सहयोग नपुग्ने धारणा राखेका हुन् ।

उनले बैठकमा बोल्दै भने ‘सरकारले ल्याएको बजेट किसान र श्रमजीवीलाई हेर्ने र समाजवादतिर जाने खालको छैन । यो बजेटबाट केही आशा गर्न सकिँदैन र यसमा समर्थन समेत जनाउन सकिँदैन । यो बजेट दुई सरकारले ल्याएकोजस्तो देखिएको छ ।’

सांसद तामाङले कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने धारणा राखे । राष्ट्रपतिले वाचन गरेको र प्रधानमन्त्रीले बोलेको विषयभन्दा फरक निर्णय हुँदा सुदूरपश्चिमेलीहरु आन्दोलित हुनुपरेको भन्दै उनले यसबारे सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

पाँच अर्बको लगानीमा सुरु भएको गेटामा विश्वविद्यालय बनाउन छाडेर एक सय शैयाको अस्पताल बनाउने षडयन्त्र भएको भन्दै उनले त्यसो नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् ।

सांसद तामाङले कञ्चनपुरमा वर्षौँदेखि रहेको आरक्ष पीडितको समस्या समाधान गर्न समेत सरकारले ध्यान नदिएको र बजेटमा यसबारे कुनै विषय उल्लेख नभएको आरोप लगाए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ७ : ०५ बजे

रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट

अखिलले आफैँ वितरण गर्‍यो राहत

रसुवा–  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले रसुवामा भाटेकोशी बाढीपीडितलाई

बाढीका बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहसंस्कार

काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको