उदयपुर गढीमा पानीको मुहानै सुकेपछि दमकलबाट पानी वितरण « Khabarhub

उदयपुर गढीमा पानीको मुहानै सुकेपछि दमकलबाट पानी वितरण


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस पटकको सुक्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ । उदयपुर गढी गाउँपालिकास्थित वडा नम्बर ७ को बतासेमा पानीको मुहान सुकेर गाउँमा पानीको हाहाकार हुन थालेपछि शनिबारदेखि दमकलमार्फत गाउँलेहरूलाई पानी वितरण कार्य सुरु भएको छ ।

बतासेकी राधाकुमारी मगरका अनुसार बतासेको ट्याङकीमा जम्मा गर्ने स्थानीय खोलाको पानीको मुहान सुकेर खानेपानी ट्याङकी रित्तै भएपछि गाउँमा पानीको हाहाकार बन्न पुगेको छ । एक हप्तादेखि स्थानीयवासी काकाकुल नै बनेपछि शनिबारदेखि दमकलको सहायताले पानी वितरण हुन थालेको उनले बताए ।

उदयपुर गढी–७ का वडाध्यक्ष भुवन मगरले भने, “यस वडाका करिब ५० घर परिवार पानीविहीन भएपछि सङ्घीय सांसद अमर रायमाझी र प्रदेशसभा सदस्य नारायण बुर्जा मगरको सहयोगमा दमकलमार्फत वैद्यनाथ खोलाबाट पानी ल्याई वितरण गरिएको छ ।”

वडाध्यक्ष मगरका अनुसार आगलागी हुँदा प्रयोग गर्नुपर्ने दमकल अहिले खडेरीका कारण गाउँलेलाई पानी उपलब्ध गराउन प्रयोग गर्नुपरेको छ । प्रदेशसभा सदस्य बुर्जा मगरका अनुसार आफूहरूले खर्च जुटाउने सर्तमा दमकल प्रयोग गरेर वैद्यानाथ खोलाको पानी दिनमा पाँच÷छ पटकसम्म बोकेर ५० वितरण सुरु गरिएको हो ।

यस क्षेत्रका जनतालाई पानी उपलब्ध गराउन अब अन्य विकल्प पनि सोच्न बाध्य हुनुपरेको सो क्षेत्रका सांसद रायमाझीले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : ४२ बजे

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक