बाढीपहिराेमा परी मृत्यु भएकाको परिवारलाई एक वर्षपछि परिपूरण « Khabarhub

बाढीपहिराेमा परी मृत्यु भएकाको परिवारलाई एक वर्षपछि परिपूरण


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीकोटमा गत असोजमा बाढीपहिरामा परेर मृत्यु भएका १३ जनाको परिवारले परिपूरण पाएका छन् । प्रदेश सरकारमार्फत राष्ट्रिय बीमा कम्पनीमा गरेको सामूहिक दुर्घटना बीमाबापत जनही रु दुई लाखका दरले बीमा रकम प्राप्त गरेका हुन् । २३ असोज २०७९ सालमा कालीकोटको तिलागुफा नगरपालिका–४ मा मलामी जाँदा पहिरामा परेर १३ जनाको मृत्यु भएका थियो ।

पहिरामा मृत्यु हुनेहरूमा मानबहादुर शाही, अलिबहादुर शाही, खगेन्द्रबहादुर शाही, खिमबहादुर शाही, धनबहादुर शाही, भेषबहादुर शाही, भीमबहादुर शाही, प्रशान्त शाही, धनबहादुर शाही, नरेशबहादुर शाही, छत्रजङ्ग शाही, परबहादुर शाही र मोतिलाल शाहीका आफन्तले रु दुई लाखको दरले रु २६ लाख रकम परिपूरणस्वरुप उहाँहरुका परिवारले हन्तारन्तरण गरिएको छ ।

बीमाबापत पीडितका परिवारले पाउने रकम हकवालको खातामा जम्मा गर्ने राष्ट्रिय बीमा कम्पनी सुर्खेतका प्रमुख शिवराज विसीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्ण जिसीले पहिरामा परी मृत्यु भएका तिलागुफा–४ राँचुलीका धनबहादुर शाहीका हकवाला खड्कराज शाहीलाई चेक हस्तान्तरण गरे । अन्यका हकमा मृतक परिवारको बैंक खातामा जम्मा गर्ने सहमति भएको छ ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जिसीले बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरे । “बीमा कार्यक्रमबाट नागरिकले सास्ती नपाउन, समयमै उनीहरुले प्रदेश सरकारबाट पाउने रु दुई लाख पाउन सकून्”, उनले भने, “यो रु दुई लाखले पीडित परिवारले सबैथोक नपुगे पनि कम्तीमा दुःख पीडामा नागरिक पर्दा प्रदेश सरकार साथमा छ भन्ने मात्रै ध्येय रहेको छ ।”

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १० : ०६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका