बाढीपहिराेमा परी मृत्यु भएकाको परिवारलाई एक वर्षपछि परिपूरण « Khabarhub

बाढीपहिराेमा परी मृत्यु भएकाको परिवारलाई एक वर्षपछि परिपूरण


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीकोटमा गत असोजमा बाढीपहिरामा परेर मृत्यु भएका १३ जनाको परिवारले परिपूरण पाएका छन् । प्रदेश सरकारमार्फत राष्ट्रिय बीमा कम्पनीमा गरेको सामूहिक दुर्घटना बीमाबापत जनही रु दुई लाखका दरले बीमा रकम प्राप्त गरेका हुन् । २३ असोज २०७९ सालमा कालीकोटको तिलागुफा नगरपालिका–४ मा मलामी जाँदा पहिरामा परेर १३ जनाको मृत्यु भएका थियो ।

पहिरामा मृत्यु हुनेहरूमा मानबहादुर शाही, अलिबहादुर शाही, खगेन्द्रबहादुर शाही, खिमबहादुर शाही, धनबहादुर शाही, भेषबहादुर शाही, भीमबहादुर शाही, प्रशान्त शाही, धनबहादुर शाही, नरेशबहादुर शाही, छत्रजङ्ग शाही, परबहादुर शाही र मोतिलाल शाहीका आफन्तले रु दुई लाखको दरले रु २६ लाख रकम परिपूरणस्वरुप उहाँहरुका परिवारले हन्तारन्तरण गरिएको छ ।

बीमाबापत पीडितका परिवारले पाउने रकम हकवालको खातामा जम्मा गर्ने राष्ट्रिय बीमा कम्पनी सुर्खेतका प्रमुख शिवराज विसीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्ण जिसीले पहिरामा परी मृत्यु भएका तिलागुफा–४ राँचुलीका धनबहादुर शाहीका हकवाला खड्कराज शाहीलाई चेक हस्तान्तरण गरे । अन्यका हकमा मृतक परिवारको बैंक खातामा जम्मा गर्ने सहमति भएको छ ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जिसीले बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरे । “बीमा कार्यक्रमबाट नागरिकले सास्ती नपाउन, समयमै उनीहरुले प्रदेश सरकारबाट पाउने रु दुई लाख पाउन सकून्”, उनले भने, “यो रु दुई लाखले पीडित परिवारले सबैथोक नपुगे पनि कम्तीमा दुःख पीडामा नागरिक पर्दा प्रदेश सरकार साथमा छ भन्ने मात्रै ध्येय रहेको छ ।”

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १० : ०६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै