आत्मनिर्भर बन्ने भए विद्युतीय रेल चलाउनुपर्छ | Khabarhub Khabarhub

आत्मनिर्भर बन्ने भए विद्युतीय रेल चलाउनुपर्छ

‘रेल सञ्चालन घाटाको कुरा होइन, नागरिक प्रतिको लगानी हो’


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नेपालमा रेल सञ्चालनको इतिहास लामो भएता पनि जयनगर-कुर्ता रेल सञ्चालनमा आएको लगभग १५ महिना भइरहेको छ। यो १५ महिनाको अवधिमा जयनगरदेखि कुर्तासम्मको रेल सञ्चालनबाट देशले के पायो ? यसमा सरकार गम्भीर भएको देखिँदैन। रक्सौलदेखि काठमाडौंसम्म र पोखरादेखि विराटनगरसम्म रेल ल्याउने तयारी भइरहेको कुरा पनि चलेका छन्। यही असार ३१ गते १७ किलोमिटरको कुर्तादेखि भंगासम्मको अर्को रेलको बाटो पनि सञ्चालनमा आउने सुनिन्छ। यो तयारी हेर्दा १५ महिनासम्म दुई रेलमार्फत जयनगर-कुर्ता सञ्चालन भइरहँदा नेपालमा रेल्वे सेवाको भविष्य, लगानी र त्यसको प्रतिफललाई कसरी बुझ्ने ? यी र यस्तै विषयमा आधारित भएर नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक रञ्जनकुमार झासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

जयनगर-कुर्ता रेल सञ्चालनमा आएको लगभग १५ महिना भइरहेको छ। यसले दिएको उपलब्धि के छ ?
नेपालको रेलको इतिहास पुरानो छ। पछिल्लो समय ब्रडगेसमा स्तर उन्नति भइसकेपछि रेल चल्ने कुराको ग्यारेन्टी जनताले पाएनन्। चल्ला मात्र भन्ने बजार हल्लाले जनताको मनमा तरङ्ग उत्पन्न भएको थियो। यो रेल उद्घाटन हुँदा पनि यो औपचारिक मात्र हो भन्ने थियो। त्यसलाई हामीले चिर्न सक्यौँ। विगतमा रेल सेवा सञ्चालनमा रहेको बेला समयको अवधि थिएन। अहिले समयमा नै आउने र जाने गर्छ । यो सुरक्षित र भरपर्दो छ भनेर यात्रुको मन र विश्वास जितेका छौं। निरन्तर सबैलाई समान व्यवहार गर्न हामी लागि परेका छौं।

रेल सञ्चालनको लागि खर्चको कुरामा सेतो हात्ती पालेको छ, भारतीय जनशक्ति पालेको छ भन्ने गुनासो छ। यसमा तपाईंको धारणा के छ ?
खासमा नेपालमा वि.सं १९८२ मा पहिलो पटक रेल सञ्चालनमा आउँदा ब्रिटिस इन्डियाकै सहयोग थियो। पछिल्लो समय रेल सञ्चालनमा आएको छ। त्यसमा भारत सरकारको महत्त्वपूर्ण योगदान रहेको छ। उनीहरूले १२ सय ५४ करोडको ठुलो प्रोजेक्ट हामीलाई हस्तान्तरण गरेका छन्। १२ अर्ब ७० करोडमा ७० किलोमिटर बर्दिबासदेखि जयनगरसम्मको निर्माणको काम सम्पन्न भएको छ।

भारतलाई दिएको पैसा भन्दा हामीले जिटुजी एग्रिमेन्ट गरेका छौँ र भारतको कङ्कण रेल्वे कर्पोरेसन लिमिटेड र नेपाल रेल्वे कम्पनीको बीचमा सम्झौता भएको छ। त्यो अनुसार हामीले जति सेवा दिएका छौँ त्यो अनुसारको नै पैसा दिएका छौँ।

जयनगर कुर्था रेल सञ्चालन गरेर वार्षिक ४५ करोड ४४ लाख रुपियाँ घाटा हुने देखिएको संसदीय समितिमा कुरा उठेको थियो। रेलको टिकबाट वार्षिक सात करोड ६६ लाख आउने रहेछ। यो सत्य हो ?
२१ करोड ६७ लाख भारतीय रुपियाँको जिटुजी सम्झौता म भन्दा अगाडि भएको थियो। पछि हामीले हिसाब गर्दा नेपाली पैसा ४८ करोड हुन जान्छ। तर म आइसकेपछि ४८ करोडलाई कम गरेर वार्षिक रूपमा १६ करोड जति हामीले तिरेका छौँ। अहिले हाम्रो खर्च घटाउने आम्दानी बढाउने योजना छ।

आम्दानी बढाउने योजना के हो त ?
यसको लागि हामीले कार्गो सेवा सञ्चालन गर्ने सोच बनाएका छौँ। यो पटना र विराटनगरको कटहरी १८ किलोमिटरको मार्ग रहेको छ। यो र एक थान ‘प्यासेन्जर ट्रेन’ सहयोगमा आउने सम्भावना छ। अहिले जनकपुर जयनगर खण्डमा रेल यात्रा गर्दा ७० रुपियाँ भाडा तिर्नुपर्छ। त्यही यात्रु बाई रोड गयो भने दुई सयदेखि २५० रुपियाँसम्म तिर्नुपर्छ। यो सरकारी सेवा भएको कारणले नागरिकलाई सस्तो यात्रा गराइदिएका छौँ। रेल सञ्चालन घाटाको कुरा होइन, यो नागरिक प्रतिको लगानी हो, कार्गो रेल चलेपछि उपभोक्ताले राहत पाउँछन्।

यो बाट नेपालको लागि कसरी फाइदा हुन्छ ?
नेपाल रेल्वे कम्पनीको तर्फबाट जनकपुरमा आठ वटा जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधि र उद्योग व्यावसायीाई बोलाएर छलफल गरेका थियौँ। उहाँहरुलाई आजको दिनमा प्रतिकिलो सामान ल्याउँदा झन्डै चारदेखि ५ रुपैयाँको ढुवानी खर्च हुन्छ। हामीले सेवा दिँदा त्यो भन्दा सस्तोमा सेवा दिन्छौँ भनेका छौँ। अहिले भएको रेल यात्रु बोक्ने हो । दुई थान धेरै यात्रु बोक्ने ट्रेन ल्याउन पहल गरिरहेका छौँ।

कार्गोबाट नेपालको लागि ढुवानीको क्षेत्रमा कसरी सेवा प्रवाह गर्न क-कसले लाभ लिन सक्छन् ?
पहिला उद्योगी व्यवसायीले सहजता पाउने छन्। ढुवानीको कष्ट घटेपछि कन्जुमरले सस्तोमा बजारमा सामान पाउने छन्। जनतामा नै यसको सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो अनुमान छ।

कार्गाे रेलबाट लाभ लिन के योजना गरिरहनु भएको छ ?
हामीले एक साता अगाडि नै निजी क्षेत्रलाई आह्वान गरेका छौं। हामी सेवा दिन तयार छौं, तपाईंहरूले सामान बुक गरेर ल्याउनुहोस् भनेका छौँ। सामान ल्याउने कुरोमा पहल गरेर अग्रसरता लिए हुन्छ। हामी जनशक्तिदेखि लिएर सबैमा तयार छौँ।

उद्योगी व्यवसायीले सामान ल्याउन चाहेमा त्यसको प्रक्रिया के हुन्छ ?
भारत लगायतका तेस्रो मुलुकबाट आउने कार्गाे सेवाको बुकिङ गरेर उहाँहरूले सामान ल्याउनुपर्ने हुन्छ। त्यसको सूचीअनुसार भन्सार क्लियर गर्नुपर्छ। आईसीपी भित्रै सबै सुविधा छ। त्यसपछि सामानको लोड अनलोड गर्नेलाई सूचना दिएर रेल आइरहेको विषय जानकारी हुनुपर्छ । यात्रा अत्यन्त सुरक्षित हुन्छ। जहाँबाट सामान हालिन्छ त्यहाँ नै सिल हुने र त्यहाँ सुरक्षा संयन्त्र हुन्छ। त्यसैले सुरक्षाको दृष्टिकोणले अब्बल मानिन्छ।

नेपालमा अन्त पनि रेलको कुरा सुनेका छौं, कहाँ यसको आवश्यकता हो त ?
यहाँका सामाजिक सञ्जालमा जस्तो कुरा आएको छ त्यो भन्दा यो फरक विषय बनेको छ। रेल्वे अझै पनि अनुसन्धानको विषय बनेको छ। रक्सौल काठमाडौँ खण्डको डिपिआरको काम पनि सम्पन्न भएको छ। रेल्वे लाइन एक पटक बनायो भने ५० औँ वर्षसम्म चल्छ। वर्षको झन्डै १ खर्ब भन्दा बढीको बजेट सडकको लागि छुट्टाइन्छ। त्योबाट कति फाइदा भएको छ ? यसले प्रदूषण कति गर्छ, इन्धन कति खपत गर्छ, दुर्घटना कति भएको छ ? यसको पनि हिसाब खोज्नुपर्छ। इन्धन हामी आफूले उत्पादन गर्दैनौँ। हामीसँग इन्धन भण्डार छैन। रेल सेवा भनेको हामी आफैले उत्पादन गरेको विद्युत खपत गरेर पनि सञ्चालन गर्न सकिन्छ। त्यो मार्गमा अगाडि बढ्न सकेमा बाहिरको परनिर्भतालाई रोक्छ र यसले धेरै यात्रुलाई सेवा दिन्छ।

रक्सौल र काठमाडौं रेलका कुरा धेरै भए। यो डिपिआर कहिले बन्छ ?
यसमा ठुलो लगानीको जरुरी छ। कसरी काम गर्ने भनेर सरकारले भन्नुपर्छ। म नेपाल रेल्वे कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालक भएको नाताले अहिले उत्साहका साथ काम गरिरहेको छु। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : ०७ बजे

आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर