कङ्गोमा इबोला प्रकोप तीव्र : ५१५ सङ्क्रमित, ९१ मृत्यु « Khabarhub

कङ्गोमा इबोला प्रकोप तीव्र : ५१५ सङ्क्रमित, ९१ मृत्यु


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

किन्शासा– कङ्गो प्रजातान्त्रिक गणतन्त्रमा इबोला सङ्क्रमितको सङ्ख्या ५१५ पुगेको छ भने ९१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

अधिकारीहरूले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार रोगको फैलावट अझै नियन्त्रणमा आएको छैन र नियन्त्रणका उपाय तुरुन्त प्रभावकारी रूपमा लागू नगरे अवस्था झन् बिग्रिन सक्ने चेतावनी दिइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप तीन जना बिरामी निको भएपछि निको हुनेको संख्या १२ पुगेको छ । हाल ११७ जना शंकास्पद संक्रमित रहेका छन् भने २८३ जना बिरामी आइसोलेसन वा उपचारमा छन् ।

धेरैजसो पुष्टि भएका बिरामीहरूमा लक्षण जेठ १ देखि जेठ १० बीच देखिएको पाइएको छ, जसले सम्भावित एउटै स्रोतबाट संक्रमण तीव्र रूपमा फैलिएको संकेत गरेको छ । जेठ १२ देखि असार १ बीच पनि नयाँ बिरामीहरूमा लक्षण देखिनु संक्रमण अझ फैलिरहेको प्रमाण भएको बताइएको छ ।

स्वास्थ्य अधिकारीहरूले समयमै कडा नियन्त्रण उपाय नअपनाइए संक्रमित संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् । रोग नियन्त्रण प्रयासहरू कमजोर सम्पर्क निगरानी, समुदायको असहयोग, उपचार केन्द्रहरूको सीमित क्षमता, संक्रमण रोकथाम सामग्रीको अभाव र बजेट अभावका कारण प्रभावित भएका छन् ।

तीन प्रभावित प्रान्तमा सम्पर्क निगरानी दर ५०.३ प्रतिशत मात्र रहेको छ, जुन लक्ष्य ९५ प्रतिशतभन्दा धेरै कम हो । उत्तर किभ क्षेत्रमा परीक्षण सामग्रीको अभावका कारण १९३ परीक्षण नतिजा अझै पर्खाइमा रहेका छन् ।

हालको प्रकोप बन्डिबुग्यो प्रकारको इबोला भाइरसका कारण भएको हो, जसलाई जेठ १ मा औपचारिक रूपमा घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १ : ४२ बजे

‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा

अष्ट्रेलियामा बर्डफ्लुका कारण समुद्री चरा मरे

सिड्नी- दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा

इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता

एजेन्सी– विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौं– काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ