आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै « Khabarhub

आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट चालु आर्थिक वर्षको ११ महिनामा ८३ हजारभन्दा धेरै नागरिकले सेवा लिएका छन् ।

केन्द्रले सोमबार आयोजना गरेको आयुर्वेद सेवा प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको जेठ मसान्तसम्मको तथ्याङ्कका अनुसार २०७९ साउनदेखि २०८० जेठसम्म ८३ हजार तीन सय ७९ जना सेवाग्राहीले सेवा लिएका हुन् ।

स्वास्थ्य केन्द्रमा उपचार गराउन आएका बिरामीले १० प्रकारका सेवा लिएका केन्द्रकी प्रमुख डा. कोपिला अधिकारीले बताइन् ।

केन्द्रबाट ५० हजार आठ सय ३३ जनाले बहिरङ्ग चिकित्सा, नौ हजार छ सय ६३ जनाले पूर्वकर्म–पञ्चकर्म, छ हजार छ सय ८० जनाले ज्येष्ठ नागरिक सेवा, छ हजार तीन सय ९४ जनाले नागरिक आरोग्य स्वास्थ्य सेवा लिएका छन् ।

यस्तै, पाँच हजार एक सय ३७ जनाले योग सेवा, दुई हजार आठ सय ५९ जनाले ल्याब सेवा, एक हजार २९ जनाले स्तनपायी आमा तथा शिशु सेवा, चार सय ९१ जनाले अकुपन्चर सेवा, दुई सय ३० जनाले फिजियोथेरापी सेवा र ६३ जनाले अल्ट्रासाउन्ड सेवा लिएको डा. अधिकारीले बताए ।

उनले हाल रत्ननगर नगरपालिकामै आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालनमा रहेको जानकारी दिइन् । भरतपुरमा बागमती प्रदेश सरकारको लगानीमा ५० शय्याको आयुर्वेद अस्पताल सञ्चालनका लागि भवन निर्माण सुरु भइसकेको उनको भनाइ छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम करिब २० प्रतिशत सम्पन्न भइसकेको उनको भनाइ छ ।

चालु आर्थिक वर्ष २०७९–८० मा आयुर्वेद अस्पताल निर्माणका लागि चार करोड बजेट विनियोजन भएर काम भइरहेको भन्दै डा. अधिकारीले बागमती प्रदेश सरकारले आगामी आव २०८०–८१ मा उक्त भवनका लागि पुनः तीन करोड ५० लाख बजेट विनियोजन गरको जानकारी दिइन् ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको आयुर्वेद अस्पतालको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न गर्नका लागि करिब १३ करोड बजेट आवश्यक पर्ने पूर्वानुमान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नाममा रहेको खाली जग्गामा आयुर्वेद अस्पतालको भवन बनिरहेको छ । नयाँ भवनमा अस्पतालको शय्याका अतिरिक्त थेरापी शय्या, योगहल, प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे कक्ष रहने प्रमुख डा. अधिकारीले जानकारी दिइन् ।

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : २५ बजे

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

सगरमाथा वृक्षरोपण अभियान : मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

भोजपुर– सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम

‘सरप्राइज गिफ्ट’ मार्फत प्रविनाको व्यावसायिक उडान : जिरो लगानी, लाख कमाइ

कांग्रेस सभापति गगन थापाले एउटी किशोरीसँग उनको ‘स्टार्टअप बिजनेस’ को