आसियानको बैठकमा चिनियाँ कूटनीतिज्ञ पनि सहभागी हुने | Khabarhub Khabarhub

आसियानको बैठकमा चिनियाँ कूटनीतिज्ञ पनि सहभागी हुने


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- आगामी बिहीबारदेखि इन्डोनेसियाको राजधानी जाकार्तामा आयोजना हुने दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन आसियानका विदेशमन्त्रीहरूको बैठकमा वरिष्ठ चिनियाँ कूटनीतिज्ञले पनि भाग लिने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले आसियान–चीन विदेश मन्त्रीहरूको बैठक, आसियान ‘प्लस थ्री’ विदेश मन्त्रीहरूको बैठकमा भाग लिने परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मङ्गलबार घोषणा गरेका छन् ।

बैठकको एउटा मुख्य विषय सदस्य देश म्यान्माको सङ्कट समाधान, त्यस निम्ति त्यहाँको सैन्य सरकारलाई वार्तामा बोलाउने रहेको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ ।

आसियानमा विद्रोहमा उत्रिएका म्यान्मारका नागरिकलाई सैनिक सरकारसँग वार्तामा बस्न कसरी संलग्न गराउने भन्नेमा मत विभाजित रहेको छ ।

दुई वर्षअघि निर्वाचित नेत्री आङ सान सुचीको सरकारलाई अपदस्थ गरी सत्तामा आएको  सैनिक सरकारप्रति असहमति जनाउनेलाई अमानवीय ढङ्गले दबाएपछि म्यान्मामा घातक हिंसाका घटना बढिरहेका छन् ।

सदस्य राष्ट्र भइरहेको रक्तपातलाई बेवास्ता गरेकामा आसियानलाई बेकामे सङ्गठनका रुपमा केही पश्चिमा सरकारले आलोचना गर्दै आएका छन् । यो सङ्गठन सङ्कट समाधान गर्ने कूटनीतिक प्रयासमा पनि विभाजित छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ४ : २१ बजे

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आजदेखि, २५ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं– जलवायु जोखिमको अवस्थालाई मध्यनजर गर्दै नेपालमा आजदेखि अन्तर्राष्ट्रिय संवाद

लैङ्गिक हिंसाविरुद्ध प्रतिकार्य आयोजना शुभारम्भ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स,

गण्डकी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा

धनुषा – नागरिकताको अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका

क्यानडामा नेपाली पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं– आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन