आसियानको बैठकमा चिनियाँ कूटनीतिज्ञ पनि सहभागी हुने « Khabarhub

आसियानको बैठकमा चिनियाँ कूटनीतिज्ञ पनि सहभागी हुने


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- आगामी बिहीबारदेखि इन्डोनेसियाको राजधानी जाकार्तामा आयोजना हुने दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन आसियानका विदेशमन्त्रीहरूको बैठकमा वरिष्ठ चिनियाँ कूटनीतिज्ञले पनि भाग लिने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले आसियान–चीन विदेश मन्त्रीहरूको बैठक, आसियान ‘प्लस थ्री’ विदेश मन्त्रीहरूको बैठकमा भाग लिने परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मङ्गलबार घोषणा गरेका छन् ।

बैठकको एउटा मुख्य विषय सदस्य देश म्यान्माको सङ्कट समाधान, त्यस निम्ति त्यहाँको सैन्य सरकारलाई वार्तामा बोलाउने रहेको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ ।

आसियानमा विद्रोहमा उत्रिएका म्यान्मारका नागरिकलाई सैनिक सरकारसँग वार्तामा बस्न कसरी संलग्न गराउने भन्नेमा मत विभाजित रहेको छ ।

दुई वर्षअघि निर्वाचित नेत्री आङ सान सुचीको सरकारलाई अपदस्थ गरी सत्तामा आएको  सैनिक सरकारप्रति असहमति जनाउनेलाई अमानवीय ढङ्गले दबाएपछि म्यान्मामा घातक हिंसाका घटना बढिरहेका छन् ।

सदस्य राष्ट्र भइरहेको रक्तपातलाई बेवास्ता गरेकामा आसियानलाई बेकामे सङ्गठनका रुपमा केही पश्चिमा सरकारले आलोचना गर्दै आएका छन् । यो सङ्गठन सङ्कट समाधान गर्ने कूटनीतिक प्रयासमा पनि विभाजित छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ४ : २१ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका