प्रेस काउन्सिलले बनायो विज्ञ समूह « Khabarhub

प्रेस काउन्सिलले बनायो विज्ञ समूह


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घनका घट्नाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ ।

बरिष्ठ पत्रकारहरु तारानाथ दाहाल, डा महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ । दाहाल र विष्ट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् । बस्नेत सञ्चारीका समूहका पूर्व अध्यक्ष हुन् ।

छापा र प्रसारणसँगै डिजिटल सञ्चारमाध्यमबाट सार्वजनिक समाचारका विषयवस्तु, त्यसबारे जनगुनासो, उजुरी, आचारसंहिताको वर्तमान प्रावधान, काउन्सिलको नियमन, आगामी दिनमा चाल्नुपर्ने कदम समेतबारे विज्ञ समूहले अध्ययन गर्नेछ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारजगतलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन विज्ञ समूहबाट आउने सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

ुसञ्चार माध्यमका आकार, प्रवृत्ति र प्रस्तुतिमा आएका फरकपन, प्रविधिको विकासले अवसरसँगै चुनौती पनि थपेको छ । जनमानसमा गुनासा पनि बढेका छन् । यसलाई सही ढङ्गले सम्बोधन गर्न र काउन्सिलको कामलाई थप व्यवस्थित गर्न यो नौलो अभ्यास थालनी गरिएको हो । र, यो एक श्रृङ्खला मात्र होु, विज्ञ समूहको मङ्गलबारको बैठकमा अध्यक्ष बस्नेतले बताए।

एक साताअघि बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले १० दिनमा कार्य सम्पादन गर्ने गरी विज्ञ समूह गठन गर्ने निर्णय गरेको थियो । अध्यक्ष बस्नेतको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष एवं काउन्सिलका बोर्ड सदस्य विपुल पोखरेल, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनाल, उपसमितिमा सदस्य रहेका काउन्सिलका बोर्ड सदस्यद्धय दिपक पाण्डे र ठाकुर प्रसाद बेलबासे सहभागी बैठकले विज्ञ समूह गठन गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : ०४ बजे

छठ पूजामा सहभागी भए सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता

एपीईसी सीईओ सम्मेलनमा १२ अर्थतन्त्रका शीर्ष नेताहरू सहभागी हुने

बेइजिङ- एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) का १२ सदस्य अर्थतन्त्रका शीर्ष

आईजीपी हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा

कोप–३१ मा सहभागी भई अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

काठमाडौँ– टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको