ललिता निवास प्रकरण : भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठ पक्राउ | Khabarhub Khabarhub

ललिता निवास प्रकरण : भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठ पक्राउ


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।

भूमि विभागमा शाखा अधिकृत छँदा श्रेष्ठले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको पाइएको प्रहरीले जनाएको छ । पछि उनले महानिर्देशकबाट अवकाश पाएका थिए । श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए ।

ललिता निवास जग्गा प्रकरणमा मंगलबार नै तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ पनि पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : १२ बजे

चितवन पुगेर रविले : दशैंपछि मलाई मुद्दा लगाउने तयारी गर्दैछन्

  काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

वीरगन्ज – सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई

मुन्धुम मन्थन : सीमान्तीकृत समुदायको सानो ‘न्यारेटिभ’

मूलतः म कविता लेख्ने मान्छे हो । तर, मैले नलेखेको

मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल

इजरायली आक्रमणको डरले हिजबुल्लाह प्रमुखको गोप्य रुपमा अन्त्येष्टि

बेरुत- लेबनानी लडाकू समूह हिजबुल्लाका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी