प्रविधि चोर्न साइबर आक्रमण | Khabarhub Khabarhub

प्रविधि चोर्न साइबर आक्रमण


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेदरल्यान्ड्स अहिले साइबर आक्रमणको समस्यामा परेको छ। डच विदेशमन्त्री ओप्को होयक्सट्राले हगले चीनमा बनेको एडभान्स माइक्रो चिप्स प्रविधिमाथिको प्रतिबन्धको निर्णय गरेको एक सातापछि यो समस्या थपिएको हो। ‘घरेलु सहभागिता पनि छ। तर, साइबार आक्रमणको समस्या चीनमा छ। यो हाम्रा लागि चिन्ताको विषय बनेको छ’ होयक्सट्राले पोलीटीकोलाई भनेका छन्।

विदेश मन्त्रीले त्यहाँको इन्टिेलिजेन्सको रिपोर्टलाई आधार मानेर सो कुरा बताएका हुन्। सो रिपोर्ट अनुसार अहिले नेदरल्यान्ड्समा धेरै तर्फबाट साइबर आक्रमण भएको छ। यसमा चीन नै मुख्य चुनौती हो। नेदरल्यान्ड्स एएसएमलको गृह स्थान हो। जुन अमेरिका र जापान बाहिर ग्लोबल चिप्स उत्पादनको कोशे ढुङ्गा हो।

यो कम्पनीले एडभान्स सेमिकन्डक्टर उत्पादनका लागि प्रिन्टर पनि उत्पादन गर्ने गरेको छ। यस कम्पनीले पनि अन्तर्राष्ट्रिय रूपमै प्रोपर्टी चोरीको सामना चीनबाट नै गरेको छ। फेब्रुअरी महिनामा चीनको यस कम्पनीका पूर्व कर्मचारीले मेसीनरी सम्बन्धी डेटा चोरेको तथा चिनियाहरुकै संलग्नतामा कम्पनी माथिको जासुस गरिएको जनाएको थियो।

उप प्रधानमन्त्रीसमेत रहेका होयक्सट्राले चीनको सिभिल मिलिटरी फ्युजनले धेरै कुरामा आश्चर्यमा पारेको समेत बताएका छन्। मार्च महिनामा चीन र अमेरिका बीचमा प्राविधिक लडाइँ भइरहेको समयमा नेदरल्यान्ड्सले पनि चीनमा उच्च प्रविधि चिप्स निर्यात गर्न बन्देज लगाएको थियो। साइबर आक्रमणको डर मार्च महिनामा सरकारले कार्य क्षेत्रमा चीनले बनाएको एप टिकटक प्रतिबन्ध लगाउने निर्णय गरे पछि भएको हो।

अमेरिका र जापानपछि चीनसँगको प्रविधि लडाइँमा होमिने क्रममा नेदरल्यान्ड्समा आधारित एएसएमलको भूमिका पनि त्यत्तिकै छ। यो सेमिकन्डक्टर सप्लाइ चेनको असर अमेरिका, ताइवान, दक्षिण कोरिया, जापान र धेरै युरोपेली देशमा छ।

सेमिकन्डक्टर इलेकट्रोनिक्स डिभाइसमा विद्युतको आपूर्तिलाई निगरानीमा राख्ने एउटा पदार्थ हो। यो एउटा अति आवश्यक कम्प्युटर कम्पोनेन्टसमेत हो।

चीनमा चिप पठाउन प्रतिबन्ध लगाउनु भन्नु नै नेदरल्यान्ड्स यस लडाइँमा अमेरिका र चीनसँग नजिक छ भन्ने हो। नेदरल्यान्ड्सले राजनीतिक कारण परम्परागत आर्थिक मान्यतालाई भत्काएको भन्दै चीन दुखी रहेको थियो। चीप प्रविधिमा सरोकार राख्ने एएसएमएलमा घुस्न मात्र पाए पनि चीनले सेमी कन्डक्टर दुनियाँमा प्रभाव जमाउन सक्छ भन्ने पनि अमेरिका र पश्चिमा देशहरूको चासो रहन सक्छ।

त्यहाँका वैदेशिक व्यापार मन्त्री लीस्जे स्रेयान माचरले अहिलेको भू–राजनीतिक परिवेशमा विशेष केही उपकरण र सेमिकन्डक्टर निर्यातको नियममा केही कडाइ ल्याउन अनिवार्य रहेको जनाएका छन्। उनले अन्य केही विशेष स्थान तथा सैन्य क्षेत्रमा त्यहाँको उत्पादन निर्यात गर्ने सवालमा कडा कानुन ल्याउनु पर्ने कुरामा समेत जोड दिएका छन्।
२०२२ को अक्टोबर महिनामा नै अमेरिकाले चीनमा सेमी कन्डक्टर निर्यातमा प्रतिबन्ध लगाएको थियो। अहिले प्रतिबन्ध लगाइएको एउटा महत्त्वपूर्ण उपकरण भनेको डिप एक्सट्राभ्वाइलेन्ट मेसिन हो।

एएसएमलले के पक्का गरीरहेको छ भने डीयुभी सिस्टमलाई बाहिर पठाउनका लागि एउटा अतिरिक्त लाइसेन्स तयार गर्नुपर्ने कुरामा जोड दिएका छन्। यो निर्णय र नयाँ प्रावधानबाट एएसएमल आर्थिक रूपले भने प्रभावित भएको छैन। त्यसका वित्तीय प्रमुख राजर डारेनले चीनले बजारको १८ प्रतिशत हिस्सा ओगटेको बताएका थिए। यस कम्पनीको अर्को उत्पादन एक्सट्रीम अल्ट्राभ्वाइलेन्ट लाइट त सन् २०१९ देखि नै चीनमा बेच्नका लागि प्रतिबन्धित थियो।

अहिले नेदरल्यान्ड्स वासनर एरेन्जमेन्टको रूपमा रहेको ४२ देशको समूहमा आबद्ध छ। यसले गरेको सम्झौता अनुसार युद्ध र सैन्य गतिविधिमा उपयोग हुन सक्ने परम्परागत हतियार र प्रविधि माथि निगरानी राख्ने भन्ने थियो। अहिले रुस पनि यस समूहको सदस्य रहेका कारण नेदरल्यान्ड्सको यो प्रस्तावलाई असफल बनाउन लागि पर्ने सम्भावना छ।

संसारकै धेरै माइक्रो चिप्स कम्पनीको आयातकर्ता देश चीनमा लगाइएका प्रतिबन्धका कारण त्यस देशमा हरेक किसिमको समस्या थपिएको विज्ञको मत छ। यसका लागि चीनले पनि कारखाना त बनाउन लागेको छ। परन्तु अन्तर्राष्ट्रिय निकायबाट यसका लागि आवश्यक कच्चा पदार्थ भित्र्याउन समस्या खडा गर्न सक्ने छन्। वाल स्ट्रिट जर्नलका अनुसार सन् २०२१ बाट चीनले २४ वटा नयाँ चिप्स कारखाना खोल्न लागेको हो।

अहिले आइरहेको अन्तर्राष्ट्रिय क्षेत्रको दबाबका कारण विभिन्न समस्यामा परेको चीनले यो नीति लिएको हो। केही विज्ञले चीन माथिको यो प्रतिबन्धको असर लामो समयको चेनलाई नै असर गर्ने अनुमान गरिएको छ। चीनले कारखाना खोल्नुको उद्देश्य संसारकै ठुलो सेमी कन्डक्टर उद्योग भएको चीनलाई निगरानीमा राख्ने भन्ने पनि हो।

नेदरल्यान्ड्स भन्दा अघि चीनमाथि प्रतिबन्धको निर्णय गर्ने अमेरिकाले पनि सुरक्षालाई ध्यानमा राखेको जनाएको थियो।

अहिले चीन क्षुब्ध भएर बौद्धिक सम्पत्ति चोरीको हरकतमा पुग्नुका केही कारण पक्कै छन्। जापानले भने चीनमाथि २३ किसिमका सेमिकन्डक्टर निर्यातमाथि प्रतिबन्ध लगाएको हो। २३ जुलाईदेखि नियम लागू भएको हो।

एएसएमएलको यो कदम पछि त्यहाँ एकदमै परिष्कृत मोडललाई प्रभावमा परेका छन्। बौद्धिक चोरीमा चीनको संलग्नतापछि अमेरिका, जापान र नेदरल्यान्ड्स अझ पछिल्लो कदम चाल्न सक्ने पनि विज्ञको अनुमान छ। चीनमा कुनै निर्यात गर्नका लागि अझ कडाइका नियम लागु हुनसक्ने छ।

एएसएमलका अहिलेका मुख्य ग्राहक सामसुङ, टीएसएमसी र इन्टेल हुन्। साथै एसके जाइनिक्स र माइक्रोन पनि यसका ग्राहक हुन्। यसको उत्पादन लागत अत्यन्त बढी छ। यसमा सिपको पनि धेरै आवश्यकता भएका कारण कामदारको तलबमान अन्य कम्पनीको तुलनामा धेरै नै रहने गरेको छ।

यो प्रतिबन्धपछि चीनमा लागेका धक्काका कारण संसारको चासो फेरिएको हो। अहिले संसार नै चीनले आफै उत्पादन गर्न सक्ने हो या होइन भन्नेमा केन्द्रित छ। अमेरिकाको अनुमानमा चीनले यी सबै निर्माण गर्न सक्दैन भन्ने हो। यसै कारण पछिल्लो प्रतिबन्ध पछि चीनले प्रविधिको चोरीका लागि नै साइबर आक्रमणलाई तीव्र बनाएको हो।
स्रोतः पोलिटिको, इम्प्याक्टर, ओइयो न्युज द भर्ज

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ०८ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार