नेपालगञ्जमा मुख्य नालामा पुल विस्तार गरिँदै « Khabarhub

नेपालगञ्जमा मुख्य नालामा पुल विस्तार गरिँदै


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्जमा प्रत्येक वर्ष वर्षातको समयमा हुने डुबानको समस्या अन्त्यका लागि मुख्य नालामा रहेका साँघुरा पुल विस्तार गर्न थालिएको छ ।  

यहाँको चार लेन सडकअन्तर्गत विपी चोक नजिकैका मुख्य नालामा रहेका पुलको बीच भाग विस्तार गरी पानीको बहाव सहजरूपमा बग्ने बनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । 

उनका अनुसार नालामा रहेका पुल साँघुरा भएकाले पानीको बहावको निकासमा समस्या हुँदै आएको थियो । सहजरुपमा पानीको निकास नहुँदा बर्सातमा बजार क्षेत्रका घरबारी टोल, न्यूरोड, सेतुबिक चोकलगायत क्षेत्र डुबानग्रस्त हुने गरेका प्रमुख विष्टले बताए ।

‘पुलको अधिकांश स्थानमा १० मिटरको चौडाइ रहे पनि कतिपय ठाउँका बीचभागमा तीन मिटर मात्र छन्’, सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले भने, ‘साँघुरा नालाका कारण पानी थुनिएर बर्सेनि नगर क्षेत्र डुबानमा पर्ने गरेको थियो ।’ डुबानको समस्या अन्त्यका लागि अहिले मुख्य नाला फराकिलो बनाउन थालिएको उनको भनाइ थियो ।

मुख्य नालाअन्तर्गतका पुल चौडाइ गर्नका लागि आगामी मङ्सिर १५ गतेसम्म सम्पन्न गर्ने गरी कार्की सच्ची जेभी कन्स्ट्रक्सन नेपालगञ्जसँग गत असार २७ गते रू ३२ लाख पाँच हजार चार सयमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले नाला विस्तारको काम सुरु गरिसकेको शाक्यले जानकारी दिए।

नालाबाट पानी बग्ने मुहानलाई चौडा बनाएपछि वर्षामा सहर डुब्ने समस्याको अन्त्य हुने प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीले बताए । उपमहानगरपालिका, सडक डिभिजन कार्यालयलगायतको पहलमा नाला विस्तारको काम सम्पन्न भएपछि वर्षौँदेखिको डुबानको समस्या अन्त्य हुने उनको भनाइ थियो ।

नालाको निकास फराकिलो भएपछि सेतुबिक चोक आसपास क्षेत्रमा डुबानको समस्या कम हुने स्थानीय होटल व्यवसायी गोपाल गिरीले बताए। उनले विगतमा ठूलो पानी पर्नासाथ डुबान भएर सास्ती बेहोर्दै आएको उल्लेख गरे । 

नगरभित्रका करिब ८० प्रतिशत सडक तथा नाला निर्माण भइसकेका नगरप्रमुख विष्टले जानकारी दिए। वर्षामा पर्याप्त पानीको निकास थुनिँदा सहर डुबानमा पर्ने गरेको जनाउँदै उनले अब दीर्घकालीनरूपमा समस्याको समाधान हुने बताए ।

साँघुरो निकासलाई फराकिलो बनाउने कार्य सकारात्मक भए पनि बर्सातको समयमा भएको पुल भत्काएर निर्माण गर्नु प्रभावकारी नदेखिएको स्थानीय मीन मल्लले बताए। उनले बर्सातमा काम गर्दा थप दुर्घटना निम्त्याउन सक्नेतर्फ सजग हुन अनुरोध गरे ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १२ : ५९ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले