नर्सिङ सेवामा देखिएको चुनौतीलाई समाधान गर्छौं : प्रधानमन्त्री « Khabarhub

नर्सिङ सेवामा देखिएको चुनौतीलाई समाधान गर्छौं : प्रधानमन्त्री


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्ण रुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सिङ सेवामा देखिएको चुनौती अग्निपरीक्षासरह भएको बताए ।

उनले सेवामा सुधार गर्ने सङ्कल्पसमेत आफूले लिएको भन्दै यसमा देखिने गरी नै काम गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भएपनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्वपूर्ण रहेको बताए ।

संविधानमा लेखिएका मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र आमनागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सरकार दत्तचित्त भएर लागिपरेको प्रधानमन्त्रीको भनाइ छ । “संविधानमा लेख्ने कुरा त हामीले राम्रै लेखेका छौँ । जनताको सरदर आयु बढ्दै गएको छ । संविधानले परिकल्पना गरेजस्तो सुविधा पाए कि पाएनन् भन्ने कुरा महत्वपूर्ण छ । यस आधारमा सुविधा उपलब्ध गराउन सरकार लागिपरेको छ”, प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले सरकार सुशासनको पक्षमा मात्रै नभई स्वास्थ्य, शिक्षा र अन्य सेवा प्रदान गर्ने क्षेत्रमा निरन्तर सकारात्मक प्रयास थालेको बताए । प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा विधेयकमा रहेको केही कमजोरी सच्याउने प्रक्रिया सुरु भएकोसमेत जानकारी दिए । प्रधानमन्त्री दाहालले जोश र उत्साहका साथ केही काम गरी छाड्ने सङ्कल्पका साथ काम कारबाही अगाडि बढाएकामा स्वास्थ्यमन्त्री बस्नेतको प्रशंसा गरे ।

प्रधानमन्त्री दाहालले सुर्तीजन्य पदार्थबाट आउने राजस्वलाई स्वास्थ्य क्षेत्रमा नै खर्च हुने वातावरण बनाउने बताए । उनले आगामी दिनमा यस क्षेत्रमा थप बजेट उपलब्ध गराउने र अभाव हुन नदिने विश्वाससमेत दिलाए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ५ : ४० बजे

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन- निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले