रिसको आवेगमा ९० वर्षीय बाबुको हत्या गरेको आरोपमा ६० वर्षीय छोरा पक्राउ « Khabarhub

रिसको आवेगमा ९० वर्षीय बाबुको हत्या गरेको आरोपमा ६० वर्षीय छोरा पक्राउ


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

बारा- बारामा ९० वर्षीय बाबुको हत्या गरेको आरोपमा ६० वर्षीय छोरा पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमाहनगरपालिका १६, टांगिया वस्तीमा घरायासी विवाद हुँदा छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले ६० वर्षीय छोरालाई पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो करिब १२ः४५ बजेतिर छोराले रिसको आवेगमा ९० वर्षीय माइत सिंह घलानको हत्या गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

घटनालगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि घटनाको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी टोलीले अनुसन्धान थालेको छ । घटनामा संलग्न ६० वर्षीय छोरा दिलबहादुर घलानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : २५ बजे

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्