आयोग उपाध्यक्ष श्रेष्ठ र यूएनडिपी नेपाल प्रतिनिधिबीच भेटवार्ता « Khabarhub

आयोग उपाध्यक्ष श्रेष्ठ र यूएनडिपी नेपाल प्रतिनिधिबीच भेटवार्ता


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का यहाँस्थित आवासीय प्रतिनिधि आयशानी मेडागङ्गोडा लाबेले भेटवार्ता गरेका छन् । आयोग उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच आज सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल प्रतिनिधि लाबेले आयागले बनाउदै गरेको १६औँ आवधिक योजनाको बारे चासो राख्दै त्यसका लागि नेपाल सरकारले आवश्यक ठानेमा युएनडिपी सहयोग गर्न तयार रहेको बताए ।

आयोगका उपाध्यक्ष श्रेष्ठले युएनडिपीले नेपालका लागि पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य हुनेमा आफू विश्वस्त रहेको बताए । सोह्रै आवधिक योजना यसअघिको भन्दा फरक हुने बताउदै उपाध्यक्ष श्रेष्ठले १६औँ योजना तर्जुमाको मोडालिटी र यसको सोच तथा लक्ष्य र रणनीतिक लक्ष्यका विषयमा जानकारी गराएका थिए । भेटवार्तामा आयोगका सहसचिव प्रकाश दाहाल, कार्यक्रम निर्देशक डा नारायण पौडेल लगायतका अधिकारी सहभागी थिए ।

आयोगले तयार पारेको आधारपत्रले १२ वटा रुपान्तरणकारी क्षेत्र पहिचान गरेको छ । त्यसमध्ये समिष्टगत आर्थिक आधारको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पूँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षा लगायत १६औँ योजनाको संरचनात्मक रुपान्तरणका क्षेत्र छन् ।

यस्तै, संरचनात्मक रुपान्तरणका क्षेत्रमा अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण, विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपदको व्यवस्थापन दिगो विकास र सुशासन प्रवर्द्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह रहेका छन् ।

भेटमा आगामी सेप्टेम्बरमा न्यूयोर्कमा हुने दिगो विकास सम्मेलनको तयारी, वातावरण वित्त परिचालन, खाद्य प्रणालीलगायतका विषयमा आयोग र यूएनडिपीबीचको साझेदारी एवं सहकार्यका सम्बन्धमा समेत छलफल भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : २० बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका