यूएस ओपन टेनिसको उपाधि जोकोभिचलाई « Khabarhub

यूएस ओपन टेनिसको उपाधि जोकोभिचलाई


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले युएस ओपन टेनिस २०२३ को उपाधि जितेका छन् । यो उनको चौथो यूएस ओपन तथा २४औँ पुरुष एकल ग्रान्डस्लाम उपाधि हो ।

जोकोभिचले फाइनलमा रूसी सुपरस्टार डेनिल मेदभेदेवलाई ६–३, ७–६ (७–५), ६–३ ले हराएका हुन्। खेलमा जोकोभिचले पूर्ण अग्रता कायम राखे । उनले रुसी खेलाडी ड्यानिल मेदभेदेवलाई एकपटक पनि अगाडि बढ्ने मौका दिएनन् ।

जोकोभिचले पहिलो सेट ६–३ ले जितेका थिए । यसपछि दोस्रो सेट अलि नजिक गयो तर यस पटक पनि सर्बियाका खेलाडीले जितेका थिए ।

जोकोभिचले दोस्रो सेट ७–६ ले जिते । त्यसपछि फेरि एकपटक ड्यानिल मेदभेदेवले तेस्रो र अन्तिम सेटमा हार बेहोरे। यस पटक रुसी खेलाडीले ३–६ ले हार बेहोरेका हुन।

दुई वर्षअघि युएस ओपन २०२१ को फाइनल खेल पनि ड्यानिल मेदभेदेव र नोभाक जोकोभिचबीच भएको थियो, जसमा जोकोभिच मेदभेदेवसँग पराजित भएका थिए । तर यसपटक युएस ओपन २०२३ मा जोकोभिचले ड्यानिल मेदभेदेवलाई हराउँदै जित निकालेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ९ : ०९ बजे

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

आजका समाचार : घरदैलो अभियानमा व्यस्त उम्मेदवार, ओलीले मागे चुनावी सुरक्षा र गाजामा इजरायली आक्रमण जारी

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे नेपाली

सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत