यूएस ओपन टेनिसको उपाधि जोकोभिचलाई « Khabarhub

यूएस ओपन टेनिसको उपाधि जोकोभिचलाई


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले युएस ओपन टेनिस २०२३ को उपाधि जितेका छन् । यो उनको चौथो यूएस ओपन तथा २४औँ पुरुष एकल ग्रान्डस्लाम उपाधि हो ।

जोकोभिचले फाइनलमा रूसी सुपरस्टार डेनिल मेदभेदेवलाई ६–३, ७–६ (७–५), ६–३ ले हराएका हुन्। खेलमा जोकोभिचले पूर्ण अग्रता कायम राखे । उनले रुसी खेलाडी ड्यानिल मेदभेदेवलाई एकपटक पनि अगाडि बढ्ने मौका दिएनन् ।

जोकोभिचले पहिलो सेट ६–३ ले जितेका थिए । यसपछि दोस्रो सेट अलि नजिक गयो तर यस पटक पनि सर्बियाका खेलाडीले जितेका थिए ।

जोकोभिचले दोस्रो सेट ७–६ ले जिते । त्यसपछि फेरि एकपटक ड्यानिल मेदभेदेवले तेस्रो र अन्तिम सेटमा हार बेहोरे। यस पटक रुसी खेलाडीले ३–६ ले हार बेहोरेका हुन।

दुई वर्षअघि युएस ओपन २०२१ को फाइनल खेल पनि ड्यानिल मेदभेदेव र नोभाक जोकोभिचबीच भएको थियो, जसमा जोकोभिच मेदभेदेवसँग पराजित भएका थिए । तर यसपटक युएस ओपन २०२३ मा जोकोभिचले ड्यानिल मेदभेदेवलाई हराउँदै जित निकालेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ९ : ०९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका