नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ | Khabarhub Khabarhub

नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– प्रहरीले स्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका कर अधिकृत खगेन्द्र सापकोटालाई पक्राउ गरेको छ ।

आज बिहान नेपालगञ्ज विमानस्थलबाट श्री एयरलाइन्समार्फत काठमाडौँ आउन लागेका सापकोटालाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए।

विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको थियो । थप अनुसन्धानका लागि उनलाई अख्तियारको कार्यालय नेपालगञ्जमा बुझाइएको एसपी राठौरले जानकारी दिए ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १० : ५२ बजे

छानबिन समितिको टीओआरमा कुरा मिलेन, संसद् नचलाउन सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं- नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सहकारी ठगीबारेमा गठन गर्न लागिएको

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास

काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन