खेतमै धानबाली सुक्दै गएपछि किसान चिन्तित  « Khabarhub

खेतमै धानबाली सुक्दै गएपछि किसान चिन्तित 


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बेदकोट कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए । अहिले खेती पूरै सखाप भएको छ । धानका बोटा सुकेका छन् । केही बोट रातो–पहेँलो भएका छन् ।

साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउँछन्। ‘बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन’, उनले भने, ‘आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि सबै बाली सखाप छ ।’

पुनर्वास –५ उद्रीकै मोहन रानाको तीन बिघा जमिनको धानबाली खेतमै नष्ट भएको छ । उनले पाँच बिघा जमिनमा धानखेती गरेका थिए । साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो । डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुक्न थालेको हो । 

‘बाढी पसेको दुई-तीन दिनपछि पानी घट्यो, त्यसपछि धान सुक्न थाल्यो’, उनले भने, ‘तीन बिघाको पूरै सुकिसक्यो ।’ उनका अनुसार पानी जमेको ठाउँमा दुई-तीन दिनसम्म गन्ध आइरहेको थियो भने पानी पनि कालो थियो । कृषि गरेर वर्षभरि खानलाई जोहो गर्ने किसान धानबाली खेतमै सुकेपछि चिन्तित छन् । 

‘धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको थियो’, किसान रामकिसन चौधरीले भने, ‘अब के खाने रु कसरी बालबच्चा पाल्ने रु समस्या छ ।’ डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको उनले बताए । 

‘रोपाइँमा लागेको खर्चसमेत उठाउन गाह्रो छ’, उनले भने, ‘अरुबेला पनि बाढी आउथ्यो, तर यस्तो क्षति गरेको थिएन, यसपटक एक्कासि धान कसरी सुक्यो थाहा भएन ।’ पुनर्वास नगरपालिकाको सिमरी, उद्री, परासनदोदा नदी किनारकै तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ । 

खेत नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान सुकेको किसानको भनाइ छ । सुगर मिलले सिमरी नाला छेउमै डस्ट राखेको र त्यसबाटै केमिकल नालामा मिसिएर खेतमा पुगेको रमेश रानाले बताएका छन् ।

‘सुगर मिलबाट केमिकल बगेर खेतमा पुग्यो, त्यसपछि धान र उखु सुकेको हो’, उनले भने, ‘यो ठाउँ जहिल्यै बाढी लाग्ने र डुबान हुने हो, अहिलेसम्म यसरी धान र उखु कहिल्यै सुकेको थिएन ।’

कृषि ज्ञानकेन्द्र कञ्चनपुरले क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना संकलन  गरी परीक्षणका लागि काठमाडौँ पठाएको छ । ”परीक्षण रिपोर्ट आएको छैन, धान क्षतिको विवरण संकलन भइरहेको छ’, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भने, ‘दुई सय हेक्टरभन्दा बढी जमिनमा क्षति पुगेको अनुमान छ ।’

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  २ : १० बजे

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।

काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको मृत्यु 

काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ