अर्घाखाँचीमा ६५ करोडभन्दा बढी बजेट फ्रिज « Khabarhub

अर्घाखाँचीमा ६५ करोडभन्दा बढी बजेट फ्रिज


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये रु ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।

आर्थिक वर्ष २०७९-८० मा अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये रु ६५ करोड ९९ लाख ९३ हजार आठ सय ६१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राजु पाण्डेले बताएका छन्।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आव २०७९-८० मा प्रदेश सरकारको पुँजीगत तर्फको रु एक अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेटमध्ये रु २० करोड ५६ लाख ६२ हजार ९४ बजेट फ्रिज भएको हो । चालु तर्फ रु ६५ करोड ५३ लाख २१ हजार एक सय ९३ विनियोजित बजेटमध्ये रु १३ करोड दुई लाख ७६ हजार दुई सय २२ फ्रिज भएको छ ।

यस्तै संघीय सरकारको चालु तर्फको रु पाँच अर्ब ३९ करोड २१ लाख ६५ हजार सात सय ४२ विनियोजित बजेटमध्ये रु १८ करोड ५३ लाख ७५ हजार नौ सय ३२ बजेट फ्रिज भएको छ । संघीय सरकारको पुँजीगत तर्फ रु एक अर्ब ५१ करोड ९५ लाख ७२ हजार छ सय विनियोजित बजेटमा रु १३ करोड ८६ लाख ७९ हजार छ सय १६ रकम फ्रिज भएको कोष नियन्त्रक पाण्डेको भनाइ छ ।

अर्घाखाँचीमा आव २०७९-८० मा लुम्बिनी प्रदेश सरकारको चालु तथा पुँजीगत रु एक अर्ब ९९ सय करोड १९ लाख १० हजार एक सय ९३ र संघीय सरकारको पुँजीगत तथा चालुतर्फ रु छ अर्ब ९१ करोड १७ लाख ३८ हजार तीन सय ४२ गरी रु आठ अर्ब ९० करोड ३६ लाख ४८ हजार पाँच सय ३५ बजेट विनियोजन भएको थियो । 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  २ : १४ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा