अर्घाखाँचीमा ६५ करोडभन्दा बढी बजेट फ्रिज « Khabarhub

अर्घाखाँचीमा ६५ करोडभन्दा बढी बजेट फ्रिज


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये रु ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।

आर्थिक वर्ष २०७९-८० मा अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये रु ६५ करोड ९९ लाख ९३ हजार आठ सय ६१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राजु पाण्डेले बताएका छन्।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आव २०७९-८० मा प्रदेश सरकारको पुँजीगत तर्फको रु एक अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेटमध्ये रु २० करोड ५६ लाख ६२ हजार ९४ बजेट फ्रिज भएको हो । चालु तर्फ रु ६५ करोड ५३ लाख २१ हजार एक सय ९३ विनियोजित बजेटमध्ये रु १३ करोड दुई लाख ७६ हजार दुई सय २२ फ्रिज भएको छ ।

यस्तै संघीय सरकारको चालु तर्फको रु पाँच अर्ब ३९ करोड २१ लाख ६५ हजार सात सय ४२ विनियोजित बजेटमध्ये रु १८ करोड ५३ लाख ७५ हजार नौ सय ३२ बजेट फ्रिज भएको छ । संघीय सरकारको पुँजीगत तर्फ रु एक अर्ब ५१ करोड ९५ लाख ७२ हजार छ सय विनियोजित बजेटमा रु १३ करोड ८६ लाख ७९ हजार छ सय १६ रकम फ्रिज भएको कोष नियन्त्रक पाण्डेको भनाइ छ ।

अर्घाखाँचीमा आव २०७९-८० मा लुम्बिनी प्रदेश सरकारको चालु तथा पुँजीगत रु एक अर्ब ९९ सय करोड १९ लाख १० हजार एक सय ९३ र संघीय सरकारको पुँजीगत तथा चालुतर्फ रु छ अर्ब ९१ करोड १७ लाख ३८ हजार तीन सय ४२ गरी रु आठ अर्ब ९० करोड ३६ लाख ४८ हजार पाँच सय ३५ बजेट विनियोजन भएको थियो । 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  २ : १४ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ