सेयर बजारमा ४४.३० अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ४४.३० अंकको वृद्धि


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार बढेको सेयर बजारले सोमबार पनि निरन्तरता दिएको छ । यस दिन नेप्से सूचक ४४.३० विन्दुले बढेर १९८६.९९ अंकमा आइपुगेको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेका सबै उपसमूहहरु हरियाली भएका छन् । 

मौद्रिक नीतिपछि करिब डेढ महिना लगातारजसो घटेको बजार बल्ल सम्हालिने सम्भावना देखिएको हो । नीतिगत अवरोध, चर्को ब्याजदर लगायतका कारणले बजार घटेको थियो । 

अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषमा रहेको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएको छ । यस प्रावधानबाट झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने देखिएको छ । यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो ।

सोमबार २१२ कम्पनीमा हरियाली छाउँदा ११ कम्पनीका सेयर मूल्य घटेका छन् । पाँचवटा कम्पनीका सेयर मूल्य भने स्थिर रहे । सेयर बजारमा घटबढ भइरहन्छ । यो बजारको सामान्य नियम हो ।

 यसकारण, आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनी छानेर योजनाबद्ध हिसाबले लगानी गर्नुपर्ने हुन्छ । 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ३ : ५४ बजे

कस्तो रहला आज रातिको मौसम ?

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न भू-भागमा

रसुवा बाढीका कारण १० प्रतिशत विद्युत् क्षमता प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना