भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरबका युवराजले रणनीतिक साझेदारी परिषद्का दुई मन्त्रीस्तरीय समिति अर्थात् राजनीतिक, सुरक्षा, सामाजिक तथा सांस्कृतिक सहयोग समिति र आर्थिक तथा लगानी सहयोगसम्बन्धी समितिअन्तर्गत भएका प्रगतिको समीक्षा गर्नेछन् ।

प्रधानमन्त्री मोदी र साउदी अरबका युवराजबीच राजनीतिक, सुरक्षा, रक्षा, व्यापार र आर्थिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलगायत द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनेछ ।

दुवै नेताबीच पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा पनि छलफल हुनेछ । साउदी युवराजका साथ मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूसहित एक उच्च स्तरीय प्रतिनिधिमण्डल छ ।

प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुअघि साउदी अरबका युवराजलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो । यसैबीच, मोहम्मद बिन सलमानले एक संक्षिप्त वक्तव्यजारी गर्दै जी–२० को सफल अध्यक्षताका लागि भारतलाई बधाई दिए।

जी–२० नेताहरूको शिखर सम्मेलनमा भारत, संयुक्त राज्य अमेरिका, साउदी अरब र युरोपियन युनियनले भारत–मध्य पूर्व–युरोप सामान आपूर्ति र रेलवे कनेक्टिभिटी करिडोर सुरु गर्न ऐतिहासिक सम्झौताको घोषणा गरेका छन् । भारत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, ईयू, फ्रान्स, इटाली, जर्मनी र अमेरिकासम्मिलित कनेक्टिभिटी र पूर्वाधारमा सहयोगका लागि यो ऐतिहासिक र पहिलो पहल हो ।

जी–२० शिखर सम्मेलनमा बोल्दै राजकुमार बिन सलमानले भने, ‘हामी यस बैठकमा घोषणा गरिएको पहल र आर्थिक करिडोर परियोजनाको एकीकरणको लागि तत्पर छौं । यो महत्वपूर्ण आर्थिक करिडोर स्थापनाका लागि यो चरणमा पुग्न हामीसँग काम गर्ने सबैलाई म धन्यवाद दिन चाहन्छु ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस सम्झौताले विश्वभर कनेक्टिभिटी र दिगोपनालाई दिगो दिशा प्रदान गर्ने बताए । यसअघि साउदी अरबका युवराजले सन् २०१९ को फेब्रुअरीमा भारतको राजकीय भ्रमण गरेका थिए ।

द्विपक्षीय भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत सहभागी थिए । भारतको तीन दिने राजकीय भ्रमणमा आएका साउदी अरबका युवराज तथा प्रधानमन्त्री जी–२० शिखर सम्मेलनमा सहभागी भएका थिए ।

दुवै नेताले रणनीतिक साझेदारी परिषद्को प्रथम बैठकको सह–अध्यक्षता पनि गर्नेछन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ४ : ०१ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ