भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरबका युवराजले रणनीतिक साझेदारी परिषद्का दुई मन्त्रीस्तरीय समिति अर्थात् राजनीतिक, सुरक्षा, सामाजिक तथा सांस्कृतिक सहयोग समिति र आर्थिक तथा लगानी सहयोगसम्बन्धी समितिअन्तर्गत भएका प्रगतिको समीक्षा गर्नेछन् ।

प्रधानमन्त्री मोदी र साउदी अरबका युवराजबीच राजनीतिक, सुरक्षा, रक्षा, व्यापार र आर्थिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलगायत द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनेछ ।

दुवै नेताबीच पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा पनि छलफल हुनेछ । साउदी युवराजका साथ मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूसहित एक उच्च स्तरीय प्रतिनिधिमण्डल छ ।

प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुअघि साउदी अरबका युवराजलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो । यसैबीच, मोहम्मद बिन सलमानले एक संक्षिप्त वक्तव्यजारी गर्दै जी–२० को सफल अध्यक्षताका लागि भारतलाई बधाई दिए।

जी–२० नेताहरूको शिखर सम्मेलनमा भारत, संयुक्त राज्य अमेरिका, साउदी अरब र युरोपियन युनियनले भारत–मध्य पूर्व–युरोप सामान आपूर्ति र रेलवे कनेक्टिभिटी करिडोर सुरु गर्न ऐतिहासिक सम्झौताको घोषणा गरेका छन् । भारत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, ईयू, फ्रान्स, इटाली, जर्मनी र अमेरिकासम्मिलित कनेक्टिभिटी र पूर्वाधारमा सहयोगका लागि यो ऐतिहासिक र पहिलो पहल हो ।

जी–२० शिखर सम्मेलनमा बोल्दै राजकुमार बिन सलमानले भने, ‘हामी यस बैठकमा घोषणा गरिएको पहल र आर्थिक करिडोर परियोजनाको एकीकरणको लागि तत्पर छौं । यो महत्वपूर्ण आर्थिक करिडोर स्थापनाका लागि यो चरणमा पुग्न हामीसँग काम गर्ने सबैलाई म धन्यवाद दिन चाहन्छु ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस सम्झौताले विश्वभर कनेक्टिभिटी र दिगोपनालाई दिगो दिशा प्रदान गर्ने बताए । यसअघि साउदी अरबका युवराजले सन् २०१९ को फेब्रुअरीमा भारतको राजकीय भ्रमण गरेका थिए ।

द्विपक्षीय भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत सहभागी थिए । भारतको तीन दिने राजकीय भ्रमणमा आएका साउदी अरबका युवराज तथा प्रधानमन्त्री जी–२० शिखर सम्मेलनमा सहभागी भएका थिए ।

दुवै नेताले रणनीतिक साझेदारी परिषद्को प्रथम बैठकको सह–अध्यक्षता पनि गर्नेछन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ४ : ०१ बजे

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा