नेपालको सूचना प्रविधि क्षेत्रलाई थप परिष्कृत गर्न आवश्यक : उपराष्ट्रपति « Khabarhub

नेपालको सूचना प्रविधि क्षेत्रलाई थप परिष्कृत गर्न आवश्यक : उपराष्ट्रपति


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति राम सहाय प्रसाद यादवले नेपाल सूचना प्रविधिको विकाससँग जोडिसकेकाले अब यो क्षेत्रलाई थप परिष्कृत र सुसंस्कृत बनाई उन्नत प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

आज यहाँ आयोजित ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’ को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘दुई दशकयता सूचना प्रविधि क्षेत्रमा मुलुकले उल्लेख्य प्रगति हासिल गरे पनि त्यसैमा सन्तोष मानेर हामी बस्नु हुन्न । हामीले यो क्षेत्रलाई थप उचाइमा पुर्‍याउन आवश्यक छ ।’

उपराष्ट्रपति यादवले मुलुकमा सूचना तथा प्रविधि शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेकामा फाउन्डेसनको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत नेपाललाई चाहिने जनशक्ति उत्पादनमा यो संस्था थप प्रतिबद्ध भई सक्रिय रहने विश्वास लिएको बताए । उनले फाउन्डेसनले चार वर्षयता सातै प्रदेशमा एक-एकजना महिलालाई निःशुल्क शिक्षा उपलब्ध गराएर शिक्षाका माध्यमबाट थोरै भए पनि महिलाको सशक्तीकरणमा योगदान पुर्‍याएकामा खुसी व्यक्त गरे।

‘नेपालमा सूचना प्रविधिको विकाससँगै यस क्षेत्रमा नीतिगत तथा कानूनी आधारशिलाहरू तयार भइसकेका छन । यसको एउटा प्रमाण नया पुस्ता प्रविधिमैत्री’ हुनु पनि हो’, उपराष्ट्रपति यादवले भने, ‘प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ । भरपर्दो र गुणस्तरीय शिक्षामार्फत सेवा क्षेत्रमा दक्ष जनशक्तिसहितको रोजगारी उपलब्ध गराउन सके मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ । यो क्षेत्रमा थप विस्तारका लागि थप वातावरण तयार गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्दछ ।’

उहाले पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै स्वदेशमै भविष्य नदेखेर पलायन हुनुपर्ने बाध्यता टार्न व्यावहारिक, सीपमूलक र जीवनोपयोगी शिक्षा हाम्रो आवश्यकता भएको बताए। उनले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा २५ वर्षको यात्रा पूरा गर्दै रजत महोत्सव मनाइरहेकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ५ : ०७ बजे

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु