सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई ओलीको सुझाव   | Khabarhub Khabarhub

सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई ओलीको सुझाव  


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

सोमबार ललितपुरमा तेजाब आक्रमण विरुद्धको जागरण दिवसमा अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले अहिले सरकारले स्टन्डबाजीमात्रै गरेको भन्दै स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका हुन् ।

ओलीले सरकार नै तस्करीमा संलग्न भई कमिसन खोरीमा डुबे जनताको समस्या नदेख्ने जिकिर गरे। उनले पहिले नै नाम लिएर आक्रमण गर्छु भन्दै हिँड्दा पनि सरकारले कुनै चासो नलिँदा काँग्रेस नेतामाथि खुकुरी प्रहार भएको बताए । उनले समाजमा हिंसा त्रास फैलाउन कुरामा सहयोगी नभएकै कारण ताप्लेजुङमा प्रहरी अधिकृतलाई हत्या गर्ने धम्की दिनु आंतककारी क्रियाकलाप भएको बताए । ओलीले तेजाब आक्रमणको कानून लागू गर्न नदिने प्रयास गरेपनि आफ्नो नेतृत्वको सरकारले यसविरुद्ध कडा कानून बनाएको दाबी गरे । उनले तेजाब आक्रमण विरुद्धको कानूनलाई कडा रूपमा कार्यान्वयन नगरेसम्म यस्ता घटनामा कमी आउन नसक्ने जिकिर गरे ।

कार्यक्रममा एसिड जलन पीडित एवं रास्वपा सांसद विन्दवासिनी कंसाकारले तेजाब आक्रमण विरुद्धको कानूनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफूले सदनबाट सक्दो भूमिका निर्वाह गर्ने बताएका छन् ।

त्यस्तै एसिड जलन पीडित मुस्कान खातुनले एसिड पीडितलाई समाजमा निकै समस्या हुने गरेको भन्दै यशविरुद्ध जनचेतना फैलाउनुपर्ने बताए । उनले आफूहरूको पीडा तत्कालीन सरकारले बुझेको र आवश्यक कानून ल्याएको भन्दै धन्यवाद दिए । तेजाब आक्रमणविरुद्ध जागरण अभिवृद्धि गर्न प्रत्येक वर्ष भदौ २५ गतेलाई तेजाब आक्रमणविरुद्धको जागरण दिवसका रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ५ : २० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता