सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई ओलीको सुझाव   « Khabarhub

सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई ओलीको सुझाव  


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

सोमबार ललितपुरमा तेजाब आक्रमण विरुद्धको जागरण दिवसमा अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले अहिले सरकारले स्टन्डबाजीमात्रै गरेको भन्दै स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका हुन् ।

ओलीले सरकार नै तस्करीमा संलग्न भई कमिसन खोरीमा डुबे जनताको समस्या नदेख्ने जिकिर गरे। उनले पहिले नै नाम लिएर आक्रमण गर्छु भन्दै हिँड्दा पनि सरकारले कुनै चासो नलिँदा काँग्रेस नेतामाथि खुकुरी प्रहार भएको बताए । उनले समाजमा हिंसा त्रास फैलाउन कुरामा सहयोगी नभएकै कारण ताप्लेजुङमा प्रहरी अधिकृतलाई हत्या गर्ने धम्की दिनु आंतककारी क्रियाकलाप भएको बताए । ओलीले तेजाब आक्रमणको कानून लागू गर्न नदिने प्रयास गरेपनि आफ्नो नेतृत्वको सरकारले यसविरुद्ध कडा कानून बनाएको दाबी गरे । उनले तेजाब आक्रमण विरुद्धको कानूनलाई कडा रूपमा कार्यान्वयन नगरेसम्म यस्ता घटनामा कमी आउन नसक्ने जिकिर गरे ।

कार्यक्रममा एसिड जलन पीडित एवं रास्वपा सांसद विन्दवासिनी कंसाकारले तेजाब आक्रमण विरुद्धको कानूनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफूले सदनबाट सक्दो भूमिका निर्वाह गर्ने बताएका छन् ।

त्यस्तै एसिड जलन पीडित मुस्कान खातुनले एसिड पीडितलाई समाजमा निकै समस्या हुने गरेको भन्दै यशविरुद्ध जनचेतना फैलाउनुपर्ने बताए । उनले आफूहरूको पीडा तत्कालीन सरकारले बुझेको र आवश्यक कानून ल्याएको भन्दै धन्यवाद दिए । तेजाब आक्रमणविरुद्ध जागरण अभिवृद्धि गर्न प्रत्येक वर्ष भदौ २५ गतेलाई तेजाब आक्रमणविरुद्धको जागरण दिवसका रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ५ : २० बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति