राप्रपाले भदौ २७ गते काठमाडौँमा विरोधसभा गर्ने | Khabarhub Khabarhub

राप्रपाले भदौ २७ गते काठमाडौँमा विरोधसभा गर्ने


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौ २७ गते काठमाडौमा वृहत विरोधसभा गर्ने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले देशद्रोहीविरुद्ध विरोधसभा गर्न लागिएको जनाएको हो । भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, सुन तस्करीलगायतका भ्रष्टाचार काण्डमा संलग्नको पूर्ण छानबिन गर्नका लागि दबाब दिनका लागि विरोधसभाको आयोजना गर्न लागिएको राप्रपाले जनाएको छ ।

गौवंश हत्याको विरोध, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवं हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दबाब दिन पनि सभाको आयोजना गर्न लागिएको राप्रपाले जानकारी दिएको छ ।

देशद्रोहीविरुद्ध आन्दोलन स्वरुप राप्रपाले विरोधसभा गर्न लागेको राप्रपा नेता ज्ञानेन्द्र शाहीले बताए । शाहीले विभिन्न प्रकरणको अनुसन्धानमा नेताहरु तानिए पनि प्रकरणलाई नै कमजोर बनाउन खोजिएको उल्लेख गरे । उनले बालुवाटार प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेसम्म सडक आन्दोलन गर्ने चेतावनी पनि दिए ।

राप्रपाले शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोजÞगारी, मूल्यवृद्धिजस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब सिर्जना गर्न विरोधसभा गर्न लागिएको जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ५ : ५५ बजे

शिक्षा सम्बन्धी विधेयकका त्रुटि संसदबाट सच्चाउँछौँ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी

फिफिया एपमार्फत अनलाइन ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ–  ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७

शिक्षकहरूका माग कानुनी र संवैधानिक छन् : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलित शिक्षकहरूका माग

युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल

किएभ– युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा हुने

बैतडी– तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२०