कोशीको मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त « Khabarhub

कोशीको मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन् ।

सोमबार प्रदेश प्रमुख प्रशुराम खापुङले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्यलाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सोमबार नै विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका निमित्त मुख्य न्यायाधीश दिनेशप्रसाद यादवले नवनियुक्त मुख्य न्यायाधिवक्ता आचार्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । भाद्र २४ गते मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालले राजीनामा दिएपछि आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ६ : २७ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी