बर्जर पेन्ट्सद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ अफर सार्वजनिक  « Khabarhub

बर्जर पेन्ट्सद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ अफर सार्वजनिक 


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बर्जर पेन्ट्स नेपालले ‘बर्जर हाम्रो घर हाम्रो शान’ अफर सार्वजनिक गरेको छ। यो वर्षको दशैँ तिहारलाई लक्षित गर्दै  कम्पनीले उक्त अफर ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत एकजना विजेताले ५ लाखको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीन जनाले जनही १ लाख र अन्य दश जनाले १० हजार नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

यसबाहेक घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाह अनुसार आफ्नो घर श्रृंङ्गार्ने अवसर प्रदान गर्नेछ । साथै, डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्विर सेयर गरेर जनही रु २५ हजारको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन् ।

यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सोवेदरकोट अल गार्ड जस्ता सिमित बर्जर उत्पादनहरूमा मात्र लागू हुने छ । घरधनीले यस योजनाको बारेमा विस्तृत जानकारीको लागि नजिकैको बर्जर डिलरहरूसँग सम्पर्क गर्न सक्नेछन् ।

नेपाली बजारमा उत्कृष्ट उत्पादनहरू पुर्‍याउने निरन्तर समर्पणको परिणाम स्वरुप यो चाडपर्वको माहोलसँगै कम्पनीले ‘वेदरकोट अल गार्ड फ्लेक्सो’, नयाँ बाहिरी इमल्सन पेन्ट बजारमा ल्याएको छ । 

यो इलास्टोमेरिक गुणहरू सहितको उच्च चमक भएको लक्जरी बाहिरी इमल्शन हो जसले बाहिरी भित्ताहरूमा रौँ जस्ता मसिना दरारहरू छोप्न मद्दत  गर्दछ । सिलिकन एडीटिभ्ससँग बनाइएको रङले सबैखाले मौसम र परिस्थितिहरूमा भित्ताहरूलाई अतिरिक्त सुरक्षा दिन्छ, यो ८ वर्षको वारेन्टीसँगै उपलब्ध छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ६ : २९ बजे

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा