बर्जर पेन्ट्सद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ अफर सार्वजनिक  « Khabarhub

बर्जर पेन्ट्सद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ अफर सार्वजनिक 


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बर्जर पेन्ट्स नेपालले ‘बर्जर हाम्रो घर हाम्रो शान’ अफर सार्वजनिक गरेको छ। यो वर्षको दशैँ तिहारलाई लक्षित गर्दै  कम्पनीले उक्त अफर ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत एकजना विजेताले ५ लाखको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीन जनाले जनही १ लाख र अन्य दश जनाले १० हजार नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

यसबाहेक घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाह अनुसार आफ्नो घर श्रृंङ्गार्ने अवसर प्रदान गर्नेछ । साथै, डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्विर सेयर गरेर जनही रु २५ हजारको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन् ।

यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सोवेदरकोट अल गार्ड जस्ता सिमित बर्जर उत्पादनहरूमा मात्र लागू हुने छ । घरधनीले यस योजनाको बारेमा विस्तृत जानकारीको लागि नजिकैको बर्जर डिलरहरूसँग सम्पर्क गर्न सक्नेछन् ।

नेपाली बजारमा उत्कृष्ट उत्पादनहरू पुर्‍याउने निरन्तर समर्पणको परिणाम स्वरुप यो चाडपर्वको माहोलसँगै कम्पनीले ‘वेदरकोट अल गार्ड फ्लेक्सो’, नयाँ बाहिरी इमल्सन पेन्ट बजारमा ल्याएको छ । 

यो इलास्टोमेरिक गुणहरू सहितको उच्च चमक भएको लक्जरी बाहिरी इमल्शन हो जसले बाहिरी भित्ताहरूमा रौँ जस्ता मसिना दरारहरू छोप्न मद्दत  गर्दछ । सिलिकन एडीटिभ्ससँग बनाइएको रङले सबैखाले मौसम र परिस्थितिहरूमा भित्ताहरूलाई अतिरिक्त सुरक्षा दिन्छ, यो ८ वर्षको वारेन्टीसँगै उपलब्ध छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ६ : २९ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ