विशिष्टकृत बाल अस्पताल निर्माणका लागि एक करोड ८० लाख सहयोग « Khabarhub

विशिष्टकृत बाल अस्पताल निर्माणका लागि एक करोड ८० लाख सहयोग


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई एक करोड ८० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । फाउण्डेशनले काठमाडौँको बूढानिलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच–काठमाडौ बाल अस्पताल ‘हब’ को  भवन निर्माणका लागि रु एक करोड ८० लाख सहयोग गरेको हो ।

अस्पताल निर्माणका लागि सहयोग जुटाउन प्रयत्नशील फाउण्डेशनका संस्थापक समाजसेवी एवं गायक आनी छोइङ्ग डोेल्माले विशिष्टकृत बाल स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

“अस्पतालको भवन निर्माणका लागि आफूसँग भएको मर्सिडिज गाडी बिक्री गरेर भए पनि सहयोग गर्न पाएकोमा खुसी छु”, उनले भने, “एउटै छानामुनी विशिष्टकृत बाल स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालका शाखा देशका अन्य स्थानमा पनि स्थापना गर्न मैले सक्दो सहयोग गर्नेछु ।”

अस्पतालका अध्यक्ष डा भगवान् कोइरालाले नेपालमा अझै मातृ तथा शिशु मृत्युदर उच्च रहेकाले त्यसलाई कम गर्न पहिलो चरणमा काठमाडौँमा विशिष्टकृत बाल अस्पताल स्थापना गर्न लागिएको भन्दै सातै प्रदेशमा यस्ता अस्पताल स्थापना गर्दै जाने लक्ष्य रहेको बताए ।

“अहिले देशभरमा करिब २८ हजार शैय्या रहेकामा दुई हजार आठ सय जति मात्र बालबालिका शैय्या रहेको छन् । त्यसमा पनि झण्डै ८० प्रतिशत शैय्या, चिकित्सक र नर्स बागमती प्रदेशमा केन्द्रित छन्”, डा कोइरालाले भने, “देशभर विशिष्टकृत बाल स्वास्थ्य सेवा विस्तार गर्न सबैको सहयोगको आवश्यकता छ ।”

बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्दै आएको गैरनाफामुलक संस्था किओचले कोशी प्रदेशको झापा जिल्लास्थित दमकमा किओच–दमक बाल अस्पताल स्थापना गरेर स्वास्थ्य उपचार सेवा उपलब्ध गराउदै आएको छ ।

सेवा सुरु गरेको चार महिनामा अस्पतालले आठ हजार तीन सय जनालाई बहिरङ्ग सेवा र एक हजार आठ सय ५० जनालाई अन्तरङ्ग सेवा उपलब्ध गराएको डा कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ६ : ५९ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’

काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी

ठूलीपोखरी–खौला सडक : वैशाख १० देखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत– तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड

ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रणतर्फ

बागलुङ– गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९