गृह मन्त्रालयका १० जना सहसचिवको जिम्मेवारी हेरफेर « Khabarhub

गृह मन्त्रालयका १० जना सहसचिवको जिम्मेवारी हेरफेर


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । गृहले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रूद्रसिंह तामाङको सरूवा गरेको छ। यसअघिका महानिर्देशक झलकराम अधिकारीको मन्त्रालयमा सरूवा भएको थियो।

तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए। उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरूवा भएको छ। सुबेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाइएको छ।

रूपन्देहीका सिडिओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालयमा सरूवा गरेको हो। गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रूपन्देहीको सीडीओमा सरूवा गरिएको छ। त्यसैगरी मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको सिडिओमा सरूवा गरिएको छ। 

त्यस्तै दैलेखका सिडिओ गोगनबहादुर हमाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतको रूपमा सरूवा गरिएको छ। 

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरूवा गरी बागलुङका सीडीओ रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ।

महोत्तरीका सीडीओ दीपक कुमार पहाडी गृह मन्त्रालयमा तानिएका छन्।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ७ : ०६ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति