नेपाल म्यानमारसँग पराजित | Khabarhub Khabarhub

नेपाल म्यानमारसँग पराजित


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा आज भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो ।

म्यानमारका लागि  विन नैइग तुनले गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो । विनले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।

अर्को महिना लाओसविरुद्ध हुने विश्वकप छनोटको तयारीस्वरूप नेपालले म्यानमारविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलको हो ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो  नेपालले विश्वकप छनोटमा लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ । नेपालले पहिलो खेल अक्टोबर १२ तारिखमा खेल्नेछ भने दोस्रो खेल अक्टोबर १७ तारिखमा हुनेछ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : ४९ बजे

गृहमन्त्रीको तर्क- संवैधानिक परिषद्का निर्णय सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ 

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै

सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा

भैरहवा– भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालले प्रविधिसँगै सेवाहरू विस्तार गर्दै गइरहेको

राष्ट्रपतिका सल्लाहकार नेपाललाई बर्खास्त गर्न नागरिक अगुवाको माग

काठमाडौं- नागरिक समाजका अगुवाहरूले राष्ट्रपति रामचन्द्र पाैडेलका सल्लाहकार चिरञ्जीवी नेपाललाई

बढी कम्पनीको शेयर बढ्दा पनि घट्यो नेप्से, कारोबार साढे २ अर्ब मात्र

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से) बुधबार झिनो अंकले घटेको छ

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना स्रष्टालाई सम्मान गर्ने

गण्डकी– गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवका अवसरमा सात जना श्रष्टालाई सम्मान