साइबर अपराध प्रतिकारसम्बन्धी कार्यशालामा सहभागी हुन महानिरीक्षक कुँवर दक्षिण कोरिया प्रस्थान « Khabarhub

साइबर अपराध प्रतिकारसम्बन्धी कार्यशालामा सहभागी हुन महानिरीक्षक कुँवर दक्षिण कोरिया प्रस्थान


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर दक्षिण कोरिया प्रस्थान गरेका छन् । साइबर अपराध प्रतिकारसम्बन्धी रणनीतिक पाठ्यक्रम विषयक कार्यशालामा सहभागी हुन महानिरीक्षक कुँवरको नेतृत्वमा नेपाल प्रहरीका सात जनाको टोली सोमबार दक्षिण कोरिया प्रस्थान गरेको हो ।

दक्षिण कोरिया प्रस्थान गर्ने प्रहरी टोलीमा टोलीमा प्रहरीका अतिरिक्त महानिरीक्षकहरु मीरा चौधरी र टेकप्रसाद राई, प्राविधिक प्रहरी नायब महानिरीक्षक फणीन्द्र बराल, प्रहरी नायब महानिरीक्षक विकाशराज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्रबहादुर खत्री छन् ।

उनीहरूलाई वरिष्ठ प्रहरी अधिकृतहरूको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

उक्त कार्यशालामा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदानप्रदान तथा छलफल हुने प्रहरीले जनाएको छ ।

महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ९ : १९ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति