टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती « Khabarhub

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । 

मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए ।

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–१ किमाथाङ्काबाहेक सबै वडामा सम्पर्क विच्छेद भएको छ । गत असोज १७ राति परेको चट्याङले मकालु–५ भाटभटेनीडाडाँको टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेलाबेला टावरमा समस्या आउने गरेको छ ।

टेलिफोन सेवा अवरुद्ध भएपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङ्गम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट बञ्चित भएका छन् । 

अवरुद्ध टेलिफोन सेवा चाँडै सञ्चालन गरिने दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेम राईले बताए । उनले टेलिफोन सेवा मर्मतका लागि मङ्गलबार प्राविधिक टोली भाटभटेनी प्रस्थान गरिसकेको उनको भनाइ छ । सञ्चार सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीयले गुनासो गरे । 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : २१ बजे

सांसद खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो ‘अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको

प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने : मुख्यमन्त्री पाण्डे

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत