रामारोशनमा पर्यटकको संख्या बढ्दो | Khabarhub Khabarhub

रामारोशनमा पर्यटकको संख्या बढ्दो


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

अछाम– रामारोशन अछामको मात्रै नभई सुदूरपश्चिमकै पर्यटकीय तथा धार्मिक क्षेत्र हो । रामारोशन लाई रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट नाम रामारोशन रहेको किम्वदन्ती रहिआएको छ । एकथरीले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँदै आएका छन् ।  

रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ । पर्यटकीय क्षेत्र रामारोशनको सुन्दरताको वर्णन गरी नसक्नु छ । 

रामारोशन पर्यटकीय क्षेत्रमा दर्जनौं समथर फाँट, ढपक्कै धर्ती ढाकेर फुल्ने फूलहरुले मन लोभ्याउँछ । हरिया पाटनमाथि सेताम्मे डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल देख्न सकिन्छ । हरियाली फाँट, त्यसमाथि फुलेका रङ्गीबिरङ्गी फूलहरू निकै मोहक र आकर्षक देखिन्छन् ।

समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा रहेको रामारोशन प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे तथा जडीबुटीले भरिपुर्ण ठाउँ हो ।  रामारोशनमा सुनिवन, गेराहा जिंगले, बाटुल्ला, लामादह, लिप्सेडाली, तल्लो धौने, माथिल्लो धौने, गाग्रे ,रामे, ताउलो, डउटे, दल्लेना गरी १२ ताल र बाउलेगडा, रामे, चाका चक्रपथ, रोशन जस्ता १८ पाटन रहेका छन् । 

वर्षौँदेखि पर्यटकको पर्खाइमा रहेको रामारोशन यस पटक भने चर्चामा आएको छ । करिव ६८ देशका नागरिक सामाजिक सञ्जाल मार्फत जोडिएको ‘रेन्बो फेमली’ नामको समूहले अछामको रामारोशनमा कार्यक्रम गर्न आएपछि रामारोशनको चर्चा झनै चुलिएको छ । अहिले रेन्बो फेमली नामको समूह अछामको रामारोशनमा रमाइरहेको छ । 

पर्यटकहरुको आगमन बढेसँगै यस क्षेत्रका जनता खुशी बनेका छन् । दिनानुदिन पर्यटकहरु आउन थालेपछि यस क्षेत्रमा किसानहरूले उत्पादन गरेका कृषिजन्य वस्तुहरुले मुल्य पाएको स्थानीय दलबहादुर साउदले बताएका छन् । रामारोशन पुग्दा हरेकलाई अलौकिक आनन्द आउने आन्तरिक पर्यटक टेकबहादुर थापाले बताए । 

रामारोशन जानलाई सडक मार्गको पहुँच भए पनी वर्षाको समयमा लेक भएकाले बाटो अप्ठेरो हुने गरेको र पर्यटक पनि कम आउने बोट चालक टेकेन्द्र रोकायाको भनाइ छ ।  रामारोशन घुम्न आएका विभिन्न देशका नागरिकहरूलाई रामारोशन गाउँपालिकाले स्वागतसहित पर्यटकीय स्थलमा पठाउने गरेको छ । 

विदेशी पर्यटकहरूको आगमनले रामारोशनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुगेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए । सुदूरपश्चिम प्रदेश सरकारले रामारोशन पर्यटन विकास समिति बनाएको छ । 

समितिले रामारोशन क्षेत्रमा पर्यटक भित्र्याउन रामारोशन क्षेत्रको संरक्षण गरिरहेको समितिका निर्देशक गङ्गाकुमारी कुँवरले बताइन् । रामारोशनमा यसपटक विभिन्न देशका आठ सय ९७ पर्यटक आएका र त्यसमध्ये एक ७२ जना रामारोशनको अवलोकन गरेर फर्किसकेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए। 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  २ : २४ बजे

स्कूल बसमा आगजनी

चितवन– चितवनको भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा स्माल हेभन स्कुल कल्याणपुरको

कामिरिताले गरे २९औँ पटक सगरमाथाको सफल आरोहण

काठमाडौं– कामिरिता शेर्पाले सगरमाथाको २९औँ पटक सफल आरोहण गरेर आफ्नै

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक : कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको

गिरीबन्धु प्रकरणको पूर्णपाठ : हदबन्दी भन्दा बढी जग्गा सरकारको हुने

काठमाडौं- झापाको गिरीबन्धु टि स्टेटको भोगचलनमा रहेको हदभन्दा बढी जग्गा

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट