विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-६ महाकाल बस्ने ३१ वर्षीय सोनाम राना मगरलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३९ एम्पुल, बुप्रेनुरफिन इन्जेक्सन-४० एम्पुल, एबट ४३ एम्पुल र नगद २ हजार ९ सय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । 

उनले कोठामा लागूऔषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७० केजीसहित राक्सिराङ गाउँपालिका-५ बस्ने २२ वर्षीय सन्देश प्रजा र ३४ वर्षीय युवराज प्रजालाई  प्रहरीले पक्राउ गरेको छ ।

 इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.५३ प ३९३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सोधपुछ गर्ने क्रममा हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको बा.१२ च ९७४२ नम्बरको गाडीमा गाँजा ल्याउँदै गरेको खुल्न आएपछि उक्त गाडीको ढाला र क्याबिनमुनी ११ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी मोटरसाइकल चालक सन्देश र मोटरसाइकलमा सवार युवराजलाई पक्राउ गरेको हो । हाल फरार गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

झापाको मेचीनगर नगरपलिका-१० गोरुहट्टिबाट अवैध लागूऔषध गाँजा १ केजी २ सय ७० ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय शेख सुवान मियालाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार हुँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले कोठामा राखेको उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।  

झापाबाटै, अवैध लागूऔषध ब्राउनसुगरको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-२ बस्ने १९ वर्षीय निसान लिम्बु, सोही नगरपालिका-८ बस्ने २४ वर्षीय रिवज रनपहेली, दमक नगपरलिका-१ बस्ने २१ वर्षीय रूस्बिन लिम्बु भन्ने बिबेक फियाक लिम्बु र दमक नगरपालिका-२ बस्ने निश्चल भन्ने बिक्रम लिम्बु रहेको छन् ।

भद्रपुर नगरपालिका-३ स्थित मेची पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका निसान र रिवजलाई साईकलको सिटमुनी लुकाई राखेको १४ ग्राम १ सय ५० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । थप अनुसन्धानको क्रममा विवेक र बिक्रमको समेत संलग्न रहेको खुल्न आएपछि ४ जनालाई नै पक्राउ गरेको हो । 

बाँकेको खजुरा गाउँपालिका-६ सिमलघारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय कालु सुनार र १४ वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । यसैगरी सोही गाउँपालिका-६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय  मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय मनोज बस्याल र २४ वर्षीय बादल नेपालीलाई इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको  छ । 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : ३७ बजे

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप