भ्रष्टाचारका स्वरुप परिवर्तन हुँदा नियन्त्रणमा पनि समस्या देखियो : अख्तियारका प्रमुख आयुक्त राई « Khabarhub

भ्रष्टाचारका स्वरुप परिवर्तन हुँदा नियन्त्रणमा पनि समस्या देखियो : अख्तियारका प्रमुख आयुक्त राई


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका स्वरुपहरु परिवर्तन हुन थालेकाले नियन्त्रणमा पनि समस्या देखिन थालेको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आयोगका प्रमुख राईले प्रमाण सङ्कलन नै गर्न नसकिने गरि भ्रष्टाचारका स्वरुपहरु परिवर्तन हुन थालेको बताएका हुन् । भ्रष्टाचारका ठूला कारोबार देशबाहिर हुने गरेको र स्वदेशमा पनि भ्रष्टाचार एउटाले गर्ने र पैसा अर्कोले लिने परिपाटी देखिएको उनले बताए ।

उनले अहिले स्थानीय तहमा भ्रष्टाचारको संख्या बढ्दै गएको जिकिर गरे । स्थानीय उपभोक्ता समितिले नै ठूला संरचना बनाउनका लागि ठेक्का लिने र काम ठेकेदारलाई लगाउदा उपभोक्ता समिति बिचौलिया जस्तो देखिएको उनको भनाइ छ । राईले मालपोत, यातायातका क्षेत्रमा पनि बिचौलियाहरुले पैसा लिएर भ्रष्टाचार हुने गरेको र त्यसलाई नियन्त्रण गर्न असहज भएको बताए ।

उजले भ्रष्टाचार नियन्त्रणका लागि दायरा फराकिलो पारेर कानून निर्माण गर्नुपर्नेमा जोड दिए । भ्रष्टाचारमा अख्तियारले ठूला वा साना नभनेको र ठूला प्रकरणमा अख्तियारले पनि अनुसन्धान गरिरहेको उजले बताए ।

बैठकमा समिति सदस्यहरुले अहिले अख्तियारप्रतिको डर घट्दै गएकाले भ्रष्टाचारको संख्या बढ्दै गएको बताएका थिए । रास्वपा सभापति रवि लामिछानेले ठूला भनिएका प्रकरणमा अख्तियारले गरेको अनुसन्धान बिचैमा तुहिने गरेको आरोप लगाए । विगत पाँच बर्षमा अख्तियारले दायर गरेको मुद्दा र नयाँ नेतृत्व आएपछि मुद्दा दर्ताको संख्या घटेको उनले बताए ।

उनले पहुँच नहुनेलाई मात्रै अख्तियारप्रति डर र भर भएको र ठूलालाई डर र भर केही नभएको तर्क गरे । अख्तियारको उच्च पदमा बसेको व्यक्ति राज्यको अन्य निकायमा पुग्दा भ्रष्टाचारको प्रमाण नष्ट गर्ने आशंका रहेको उनले बताए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले अख्तियारप्रति जनताको मान्यतालाई कायम गर्न काम कारवाही र कानूनलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे । उनले अख्तियारलाई प्रभावकारी बनाउन नियुक्ती प्रकृयामा पनि पुनर्विचार गर्नुपर्ने बताए ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन–२०४८ लाई संशोधन गर्न बनेको विधेयकका बारेमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ५ : २१ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र